LISTEN LIVE RADIO

न्यायको सन्दर्भमा राजपुरबासीले कुनै गुनासो गर्नु भएको छैन : उपाध्यक्ष यादव



न्यायको सन्दर्भमा राजपुरबासीले कुनै गुनासो गर्नु भएको छैन : उपाध्यक्ष यादव

निर्वाचित पश्चात् जनप्रतिनिधि स्थानिय तहमा आएको करिब तीन वर्ष पुरा भयो । सबै स्थानिय तहका उप–प्रमुख वा उपाध्यक्षलाई न्यायक समितिको संयोजक तोकिएको छ र न्यायक समितिको संयोजकको रुपमा रहेर काम गरिरहनु भएको छ । यो तिनवर्षको दौडानमा न्यायक समितिमा रहेर के कस्ता काम गर्नुभयो, कति वटा मुद्दा मिलाउनु भयो, कति मिलाउन बाँकी छन् र बाहिर रिफर गर्नुभयो ? यही विषयमा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवि यादव संग देउखुरीबाट पत्रकार शिवु खनाल ले गरेकाे कुराकानीकाे सारक्षेप – सम्पादक 

तीन वर्षको अवधिमा न्यायक समितिमा रहेर के कति काम गर्नुभयो ?

हामी निर्वाचिच भएर स्थानिय तहमा आइसकेपछि योतिन वर्षको कार्यअवधि सम्म न्यायक समितिमा धेरै कामहरु सम्पन्न भएका छन् । न्याय पालिकामा आएका जुन उजुरीहरु छन्, ति उजुरीहरु धेरै थरिथरिका रहेका हुन्छन् । जस्तै घरेलु हिंसामा परेकाहरुको निवेदन हुन्छन् भने कसैको जग्गा सम्बन्धी मुद्धाहरु हुन्छन् । त्यती मात्रै नभएर कसैको घरैसि व्यवहार तथा संघियार छुट्याउने निवेदनहरु हुन्छन् । त्यस्ता विवादहरु घटनास्थलमै गएर त्यहाको समस्या के कस्तो छ हैन, अव जग्गा सम्बन्धी हो भने, कस्ले कस्को कती जग्गा मिचेको छ अवथा नालाको विवाद हो भने नाला कतातिर मिसिएको छ वा पानी निकास कतातिर निकाल्न पर्ने हो, त्यो चाहि हामी न्यायक समितिका सबै सदस्यहरु घटनास्थलमै गएर हेछाँै र दुबै पक्षलाई गाउँपालिकामा बोलाएर छलफल गछाँै । त्यती मात्रै नभए हामी कोइलाबासबाट भारतको बाटो हुदै नेपालको भैँसाही र खांग्रानाका पुगेर विवाद हेर्ने र मिलाउदै आएका छौँ ।
त्यसैगरी अव बुढाबुढीको झैझगडा हो भने उहाँहरु दुई पक्षलाई बोलाएर छलफल गराइ मेलमिलाप गरेको धेरै घटनाहरु रहेका छन् । न्यायक समितिमा आउने धेरै विवादहरु हामीले मेलमिलाप मार्फत मिलाएर पठाएका छाँैँ । जस्तै एउटै घरका बुढाबुढी संगै बस्ने तर खानपिन छुट्टाछुट्टै थियो। त्यस्ता विवादहरुको निवेदन न्याय पालिकामा परेरपछि हामीले मिलाए पठाएको छौँ । अलिहे उहाँहरु संगैबस्ने संगैखाने गर्नुहुन्छ । यस्ता कामहरु हामीले यो तिनवर्षको दौडानमा हामीेले गरेका छाँै र गर्दैै आइरहेका छाँै । अव राजपुर गाउँपालिका विटक र दुर्गम क्षेत्र पनि हो । कतिपय विवादहरु न्याय पालिकामा आउन सक्दैन । त्यस्ता विवाद नेपाल भारत सिमा क्षेत्रका रहेका छन् । त्यस्ता किसिमका विवादहरु हामीले नाका क्षेत्रमै पुगेर विवादको कारण बुझेर र समस्या बुझेर मेलमिलाप गरेका छाँै ।
आजसम्म कति वटा मुद्दा मिलाउनु भयो, कति मिलाउन बाकि छन्, बाहिर कति पठाउनु भयो ?
यो तिनवर्षको दौडानमा हामीले असी प्रतिशत विवादका मुद्धाहरु मेलमिलाप गराउन सफल भएका छौँ । हाम्रो न्याय पालिकाको कार्यक्षेत्र भित्र विस देखि बाइस बुदाहरु रहेका छन् । त्यो बुदाभित्र रहेका मुद्धाहरु धेरै जसो मेलमिलाप गराएर पठाएका छाँै र हामीले हेर्न नमिल्ने मुद्धाहरु बाहिर पठाउने गरेका छाँै । जस्तै अव मारपिड,को मुद्धा हामीले हेर्न मिल्दैन त्यस्ता किसिमका मुद्धा हामीले प्रहरी कार्यालय रिफर गरेका छौँ । अव जग्गा सम्बन्धी मुद्धाहरु न्याय पालिकामा अंशबण्डा गर्छाँै भन्ने पनि आउने गरेको विवादहरु यही मेलमिलाप गराए पठाएका छाँै । अव हेर्नै नमिल्ने र मिल्नै नसक्ने मुद्धाहरु हमाीले अदालतमा रिफर गर्ने गरेका छौँ । जस्तै बहु विवहा, बाल विवहा जस्ता मुद्धाहरु आए उहाँहरुलाई सम्झाएर हामीले यि मुद्धाहरु हेर्न मिल्दैन हजुरहरु यो ठाउँमा जानुस् भनेर सल्लाह दिने पनि गरेका छाँै ।
खासगरिकिन कस्ता कस्ता विवादका मुद्दाहरू आउने गर्छन् ?
सबैभन्दा ऐलानी जग्गा सम्बनधी विवादहरु उजुरी आउने गरेको छ । प्राय त्यस्ता विवादहरु न्याय पालिकामा आउने गरेका छन् । यहाँ बै समुदायको बसोबास रहेको छ । अव जनचेतनाको कमी भएको हो की के भएर हो, सबैभन्दा मधेसी समुदायबाट यस्ता उजुरीहरु आउने गरेको छ । किन भने यहाँ सबैभन्दा बढि मधेरी समुदायको बाहुल्यता भएको हुनाले यहाँ मधेसी समुदायहरुबाटै यस्ता विवादका उजुरीहरु न्याय पालिकामा पर्ने गरेको छ ।
न्यायक समितिमा रहेर विवाद मिलाउन कत्तिको सहज छ? जनशक्तीको अवस्था के कस्तो रहेको छ ?
म निर्वाचित भएर स्थानिय तहमा आउनु भन्दा अगाडि देखिनै विभिन्न संघसंस्थामा काम गर्दै आइरहेको थिए । विभन्न संस्थाको प्रमुख भएर काम गर्दै आइरहेको थिए । अझ भन्ने हो भने म पारालिगल संस्थामा बसेर यस्ता काम गर्दै आएको हुनाले मलाई त्यती विवाद मिलाउन गाह्रो भएको छैन । तर अहिले यो न्यायक समितिमा बस्ने व्यवस्था नभएको हुनाले केही कठिनाइ भएकै हो । काम गर्न समस्या परेको पनि छ । निर्वाचित भएर आएदेखि अहिले सम्म राम्रोसंग बसेर विवाद मिलाउने, छलफल गर्ने त्यस्तो कोठा अथवा भवन छैन । साघुरो ठाउँ आफ्नै कार्यकक्षमा बसेर विवादहरु मेलमिलाप गर्दै आएको छु । मलाई कर्मचारीबाट राम्रो सहयोग भएको छ तर, व्यवस्थापनमा कुनै सहयोग छैन । भनेको बेला कर्मचारीहरुले आपुले सक्दो सहयोग गर्नु भएको छ । व्यवस्थापन फितलो र राम्रो नहुदाँ अलि अजहज भएको छ । हाम्रो यो समुदाय भनेको धेरै पछाडि परेको क्षेत्रहरु रहेका छन् । सबै समुदायलाई समेटेर सबै ठाउँका मुद्धाहरु राम्रोसंग निष्पक्ष ढंगले सोही ठाउँमा गएर हेरौ भन्ने सम्भव पनि नभएको हुनाले सबैको समस्या बुझ्न नसकेको जस्तो मलाई महशुस भएको छ ।
 गाउँपालिकाको न्याय पालिकामा परेका उजुरी तथा विवादहरु मेलमिलाप गर्दै आएनु भएको छ त्यो राम्रो पक्ष हो तर, कतिपय मुद्धाहरु न्याय पालिकामा पर्न नसकेका पनि छन् होला, त्यस्ता मुद्धाहरु न्याय पालिकाले खोजेर मेलमिलाप गरेको त्यस्तो केही छ ?
हजुरले धेरै राम्रो प्रश्न गर्नु भएको छ । राजपुर गाउँपालिका धेरै विटक पालिका हो । यहाँका समुदायिहरु धेरै पछाडि परेका छन् । त्यो हजुरलाई पनि राम्रोसंग अवगत छ । अव कतिपय विवाद तथा मुद्धाहरु पालिकाको पहुँचमा हुदैनन् । विवाद छ, उजुरी दिन चाहानछन् तर गाउँपालिका सम्म आउने बाटो छैन । त्यस्ता विवद भनेको नेपाल भारत सिमा क्षेत्रहरुमा रहेको हुन्छ । हो त्यस किसिमका विवादहरु नाका क्षेत्रमा मै न्याय समितिको टोली पुगेर उनिहरुको समस्या बुझेर विवादहरु मेलमिलाप गराउदै आइरहेका छाँै । सिमा क्षेत्रबाट आउने विवाद प्राय ऐलानी जग्गा सम्बनधी हुन्छ । बाल विवहा, बहु विवहा भएको घटना र भारततिर लगेर चेलीबेटी बेचविखन भएको मुद्धाहरु पनि रहेका हुन्छ । यो हाम्रो कार्यक्षेत्र भित्र नपरेता पनि हामीले उहाँहरुलाई राम्रोसंग सल्लाह सुझाव दिएर यो ठाउँमा जानुहोस् भनेर राम्रो बाटो देखाएर पठाउने र यहाँ गएपछि हजुरहरुको विवाद मिल्छ भनेर पठाउने गरेको छाँै । नाकाबाट दुइचार वटा विवादहरु आएका थिए । घटनास्थलमै पुगेर निरुपण गरेका छाँै ।
न्यायक समितिमा आएका मुद्वाका विवाद मिलाएर पठाएपछि दुबैपक्षले के भन्छन् हजुरलाइ ?
न्यायक समितिमा आएको विभिन्न विवादका मुद्धाहरु हामीले मेलमिलाप गराइ पठाएसकेपछि दुबैपक्ष आज सम्म खुसि भएको देखिएको र पाइको पनि छ । हामीले न्यायक समितिमा छलफल गरि निर्णय गर्ने कुराहरुमा अलिकती कहीकतै दुविदा त होला तर, न्यायक समितिमा आइसकेपछि आफुले पाउँने अधिकार पाएको हो भन्नु कुरा पनि उहाँहरुलाइ महशुस गराएर पठाइएको छ । अन्यथा अधिकार क्षेत्रभित्र रहेर हामीहरुले काम गर्दाखेरी कुनै मुद्धाका विषयमा चुकेका छैनौँ । न्यायक समितिमा मेलमिलाप नभएको र अन्य सम्बन्धी निकायमा पठाइएको विवादका मुद्धामा पनि हामीले पाउने अधिकार यही हो भन्नु धेरै राहातको पनि महशुस भएको छ । हमी जनप्रतिनिधिहरु निर्वाचि भएर स्थानिय तहमा आइसकेपछि विग्रेर ग्रस्त भइ अन्यको आश्रीय लिएर बसोबास गर्दै आएको जनतालाइ पनि हामीले मेलमिलापको आधारमा मिलाएर बसालेका छौ । एक देखि सातै वडामा पुगेर विवाद मलिाएका छाँै ।
न्यायक समितिमा आएका विवाद मुद्धाहरु मिलाउन र क्षेत्रमै गएर विवाद मुद्धाहरु मिलाउन के फरक पाउनुभयो ?
फरक कस्तो हुन्छ भने न्यायक समितिमा आउने मान्छेले मनस्थिती कस्तो बनाएको हुन्छ भने न्यायक समितिमा विवाको मुद्धा मिलाउने हो र नमिलेको विवादका मुद्धा बारिह अन्य निकायमा पठाउने गरिन्छ भन्ने मात्रै बुझेको हुन्छ र पिडितको घरमा वा दुबै पक्षको घरमा गइसकेपछि उनिहरुको घर परिवारलाइ राखेर र उनिहरुको विवाद के विषयमा भएको भन्ने कुराहरु बुझेर छरछिमेकीका कुराहरु सुनेर विवाद मिलाउदा खेरी केही फरक चाहि हुन्छ, पाएको पनि छु र जती यहाँबाट हामीले सोचेर गइन्छ उक्त क्षेत्रमा उहाँहरुले भनेको कुराहरु भन्दा अलिकती भिन्न पनि पाइउको छ ।
अन्त्यमा केही भन्नू पर्दा ?
न्यायको सन्र्दभमा राजपुरबासीहरुले केही भन्न सक्नु भएको छैन अथवा हाम्रो पहुँच छैन, हामीहरुको कुरा कस्ले सुनिदेला भन्ने कुराहरु उहाँहरुको मनमा रहेको छ भने कसरी हुन्छ न्याय पालिका सम्म आउनुहोस्, निवेदनको आधारमा आफ्नो समस्याहरु दर्साउनुस् । के सहयोग चाहिन्छ मलाई भेट गर्नुस्, जस्तोसुकै अवस्थामा पनि म सहयोग गर्न तयार छु । साथै विटक गाउँपालिका राजपुरका गतिविधिहरु राजमार्ग अनलाइन पत्रिकामा प्रकाशित गरि सञ्चार माध्ययम ल्याइदिनु भएकोमा विशेष धन्यवाद दिन चाहान्छु । यस पत्रिकाले राजपुर गाउँपालिका र पालिका भित्र पर्ने विभिन्न नाका क्षेत्रको समस्याहरु र नाकाबासीहरुको पिडा सञ्चार माध्ययममा ल्याइ सहयोग पु¥याएको छ । यस्तै साथ र सहयोगको अपेक्षा गरेका छाैँ ।

साभार – राजमार्ग अनलाइनबाट

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे