आफुहरुविरुद्ध गलत रिपोर्टिङ भएको भन्दै सलमान, शाहरुख र आमिरले गरे मुद्धा दर्ता



आफुहरुविरुद्ध गलत रिपोर्टिङ भएको भन्दै सलमान, शाहरुख र आमिरले गरे मुद्धा दर्ता

एजेन्सी । बलिउडका केही कलाकारहरुले न्युज मिडियाबाट प्रशारित केही विषयलाई लिएर गम्भीर आपत्ति जनाएका छन् । सलमान खान, शाहरुख खान र आमिर खान लगायत फिल्म निर्माताहरुको एक टोलीले केही समाचार प्रस्तोताविरुद्ध मुद्दा दर्ता गराएका छन् ।

उनीहरुले केही न्युज मिडियाले गैर जिम्मेवार रिपोर्टिङ गरेको आरोप लगाएका छन् । उनीहरुले गैर जिम्मेवार रिपोर्टिङका कारण आम मानिसमा भ्रम सिर्जना र भएको र आफ्नो छवीमा समेत दाग लाग्ने काम भएको आरोप लगाएका छन् ।

अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या पश्चात बलिउडमा विभिन्न विषय विवाद चल्दै आइरहेको छ । उक्त घटनापछि केही दिग्गज कलाकारहरु पनि विवादमा मुछिएका छन् । केही न्युज मिडियाले लामो समयदेखि उक्त विषयमा रिपोर्टिङ गर्दै आइरहेका छन् ।

उनले आत्महत्या गरेको फरेन्सिक रिपोर्टले बताइसकेको मिडिया रिपोर्टमा उल्लेख  छ। पछिल्लो समय बलिउडमा ड्रग्स केशमा केही चर्चित कलाकारहरुको नाम मुछिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे