LISTEN LIVE RADIO

साथी ग्रुपले आफ्ना कर्मचारीलाई भन्यो,’नआत्तिनुस् ! जायजेथा बेचेर भएपनि समयमै तलब दिनेछौं’



साथी ग्रुपले आफ्ना कर्मचारीलाई भन्यो,’नआत्तिनुस् ! जायजेथा बेचेर भएपनि समयमै तलब दिनेछौं’

काठमाडौं । साथी ग्रुपले आफ्ना कर्मचारीलाई नआत्तिन आग्रह गर्दै जायजेथा बेचेर भएपनि तलब दिने प्रतिबद्धता जनाएको छ ।

अध्यक्ष अनिमेश कुमार मिश्रले विज्ञप्ति जारी गर्दै भनेका छन्,”कृपया न आतिनुस, यसरी नै साथ दिई राख्नुस्, कम्पनीको मालिक तपाईहरू नै हो । तसर्थ हतास भएर छोडेर नजानुस् ।”

साथी ग्रुप प्रा लिले कोरोना सुरक्षा बोनस वापत २०७६ चैत्त महिनामा १० प्रतिशत थप तलब र २०७७ श्रावन महिनासम्मको पुरा तलब भुक्तानी गर्न सकेको जानकारी गराएको छ । भदौं महिनाको आधा प्रतिशत तलब दिन सक्ने व्यवस्था पनि गरिसकेको भन्दै अध्यक्ष मिश्रले बॉकी तलब पनि सहज हुने बितिकै दिने प्रतिवध्दता व्यक्त गरेका छन् ।

उनले भनेका छन्,”हुनत् म पनि केहि दिन अगाडी आत्तिएर सायद २०७७ भाद्र महिनादेखि तलब दिन नसकौंला भनेको थिए । तर सकुन्जेल हालसम्म अर्जेको जायजेथा बेचेर भए पनि तलब दिनेछु ।”

उनले अब लकडाउन वा निषेधाज्ञा बढाए प्रतिकारमा उत्रने तर कर्मचारीलाई गाह्रो पर्न नदिने प्रतिबद्धता जनाएका छन् । हालसम्मको असहजताका लागि साथी ग्रुपले क्षमा याचना गर्दै कर्मचारीसँग निरन्तर साथ हुने विश्वास व्यक्त गरेको छ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे