LISTEN LIVE RADIO

उपकार लघुवित्त वित्तीय संस्थामा आवद्व महिलाहरू आत्मनिर्भर बन्दै 



उपकार लघुवित्त वित्तीय संस्थामा आवद्व महिलाहरू आत्मनिर्भर बन्दै 

भालुवाङ १६ चैत । दाङमा लघुवित्तमा आवद्व महिलाहरू आर्थिक रूपमा सबल बन्न थालेका छन् । लघुवित्तबाट ऋण लगेर उनीहरू विभिन्न व्यवसायी गरि आत्मनिर्भर बन्न थालेका हुन् ।दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको उपकार उघुवित्त वित्तीय संस्थामा आवद्व महिलाहरू समुहमा आवद्व भएर आयआर्जनका गरेर आफ्नो घर व्यवहार सजिलै तरिकाले चलाउन थालेका छन् । लघुवित्तले महिलाहरूलाई घरवार बिहिन बनाइरहेको भन्ने हल्लालाई चिर्दै उपकार लघुवित्तमा आवद्व महिला दिदीबहिनीहरू भने आर्थिक हिसावले सबल बन्न थालेका छन् । सक्रिय उपकार केन्द्र बराखुट्टी केन्द्र नम्बर १६ कि गिता शर्मा र सोही केन्द्रकै गोमा केसी लघुवित्तबाट ऋण लिएर व्यवसायी सुरू गरेका छन् । उनीहरू त्यही व्यवसायीबाट आफ्नो घर व्यवहार सजिलै तरिकाले चलाउन पाएकोमा निकै खुसी भएका छन् ।

बाँकेको कोहलपुरमा केन्द्रीय कार्यालय रहेको उपकार लघुवित्त वित्तीय संस्था लुम्बिनी प्रदेशको १२ वटै जिल्लामा गरि कुल ३३ वटा शाखा रहेका छन् । ४१ हजार ५ सय महिला दिदीबहिनीहरू मार्फत बचत तथा ऋण करोबार भइरहेको संस्थामा करिव ७ हजार महिला दिदीबहिनीहरू कृषि र पशुपालन व्यवसायीमा लागेको उपकार लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले बताउनु भयो । महिलाहरूलाई बचत गर्ने, ऋणको सहि सदुपयोग गर्ने र उद्यमी बनाउने काम गरिरहेकाले पनि महिलाहरू सक्रियताका उपकार लघुवित्तमा लागेका छन् ।

उपकार लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको उपकार लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शुक्रबार माैरीघाटमा सम्पन्न भएको छ ।संस्थाका प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वीरबहादुर चाैधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा तीन उत्कृष्ट केन्द्र सहित ५ जना सम्मानित भएका छन् । यसरी सम्मानित हुनेमा प्रथम हुन सफल देउराली उपकार केन्द्र राप्ती गाउँपालिका-२ बराखुट्टी केन्द्र नम्बर ८, दोस्रो हुन सफल लालीगुराँस उपकार केन्द्र राप्ती गाउँपालिका-३ मसुरीया केन्द्र नम्बर १२ र तेस्रो हुन सफल दिदीबहिनी उपकार केन्द्र राप्ती गाउँपालिका-८ पिपरी केन्द्र नम्बर ४ रहेका छन् । त्यसै गरि उत्कृष्ट बचतकर्ताको रूपमा केन्द्र नम्बर १६ सक्रिय उपकार केन्द्र राप्ती गाउँपालिका-२ बराखुट्टीका गोमा केसी र उत्कृष्ट लघु उद्यम सदस्य केन्द्र नम्बर ५ मिलीजुली उपकार केन्द्र राप्ती गाउँपालिका-३ का रमा जैशी सम्मानित भएका छन् ।सहायक कर्मचारी भिमबहादुर चाैधरीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा वित्तीय संस्थाको परिचय, महत्त्व तथा आवश्यकता, बचत तथा ऋण प्रवाह, कर्जाको सहि सदुपयोग कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो । वित्तीय संस्थाका विषयमा बाहिर आइरहेका नकारात्मक टिकाटिप्पणीको चिरफार गर्न तथा संस्थाले सेवा सुविधा र कर्जाको प्रयोग कसरी गर्ने भन्ने उद्देश बनाएर सदस्यहरूलाई सचेतना प्रदान गर्न कार्यक्रम आयोजना गरिएको शाखा प्रबन्धक दिपेश पुन मगरले बताएका छन् । कार्यक्रममा राप्ती गाउँपालिका गाउँ कार्यपालिका सदस्य चम्फा भुसाल, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायब निरिक्षक विवश अर्याल, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, संस्थाका विभागीय प्रमुख विमल खनाल लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक दिपेश पुन मगरले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे