LISTEN LIVE RADIO

गुगलमा प्रेमकाे परिभाषा खाेज्दै उपन्यासकार



गुगलमा प्रेमकाे परिभाषा खाेज्दै उपन्यासकार
इङ्लिस मुभी हेर्दैनौ हो ? हेर्छु । पत्याइनँ । किन ? तिमीलाई किस गर्न नि आउँदो रहेनछ ! अहिले सम्म कसैलाई गरेको भए पो आउनू । बच्चा बच्चीलाई गर्या भएर गालामा चाहीँ आएको होला”। यो सम्वाद हो, अप्रिल फुल उपन्यासका लेखक कृष्ण आचार्य (म पात्र) शिशिर र उनकी दोस्रो प्रेमिका स्वस्तिका शर्माबीच भएको प्रेम प्रसंगको ।
काठमाण्डौंको एउटै घरको तल्लो प्रेम ल्याटमा डेरा गरी बस्ने सुजाता बहिनीले फेसबुक आइडि दिएपछि लामो समय च्याट मार्फत् प्रेम प्रसंग चलिरह्यो । काठमौंमा क्याम्पस पढ्दै गरेको शिशिर स्वस्तिकालाई भेट्न दाङ आइपुग्छन् र घोराहीको गुम्बामा बिहार हुन्छ । पिता माता काठमाण्डौ गएको मौका छोपि शिशिरलाई आपूm एक्लै रहेको घरमा लैजान्छिन् स्वस्तिकाले । स्क्रिनमा आफुलाई मन पर्ने मुभी देखाउँछिन् ।
भोलिपल्ट संगै बाँच्ने संगै मर्ने वाचा कबुल गरेर छुट्टिन्छन् । यो उपन्यासले लेखकलाई पाठकहरुबीच राम्ररी चिनाएको छ, रोयल्टी पनि खुवाएको छ । तर मेरा लागि लेखकलाई कृतिमार्फत् चिन्न आवश्यक छैन । हाम्रो बसाई पनि एउटै टोलमा (हाल भने काठमाडौंमा बस्छन्) छ । अप्रिल फुलका लेखक निवृत शिक्षक आदरणीय दाजु स्व.एमप्रसाद आचार्य र दिदी मायाँ आचार्यका कान्छा छोरा कृष्ण आचार्य हुन् । उनले कक्षा–१२ सम्म यही गाउँको श्री बाल जनता मा.वि बनगाउँमा अध्ययन गरी काठमाडौंमा समाज शास्त्र विषयमा स्नातकोक्तर गरिसकेका छन् ।
अर्कोतर्फ उनी नेपाल पत्रकार महासंघका निवर्तमान (चैत्र २५ २०७७ सम्मका)केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यका भाइ हुन् र लेखक पनि पत्रकारितामा नै क्रियाशील छन् । पछिल्लो समय काठमाडौं स्थित ईञ्जिनियर्श पोष्ट डट कम को सम्पादकको जिम्मेवारी बहन गरिरहेका छन् । प्रेमको परिभाषा गुगलमा खोज्ने उपन्यासकारलाई प्रेमिकाले चाहेजसरी किस गर्न नआउनू स्वभाविकै होला ! तर मलाई गजब अनुभूति हुन्छ, उनको कृति पढ्दा ।
धेरै नबोल्ने, जतिखेर भेट्दा पनि मुसुक्क मुस्कुराइरहने, अनुहारमा हेरेर आँखा जुधाउँदा लजायजस्तो देखिने सोझो केटाले ‘अप्रिल फुल’ कस्तो उपन्यास लेख्ला र ? मेरो मनमा प्रश्न उठिरहन्थ्यो । जब कृति हातमा पर्छ, हतारोमै पढेर सक्दासम्म केटोले खेलमा क्याप्टेनको भूमिका निभाएको पाइयो । खेलमा प्रेमिकाहरुबाट नराम्ररी प्राजय भोगेका छन् र प्राजयको इगो साँधेर कयौं प्रेमिकाहरुको जिन्दगीसंग खेलवाड गर्दै अप्रिल फुल मनाएका छन् । उनको आप्mनो उमेर समूहका लागि ‘अप्रिल फुल’ सशक्त कथावस्तु रहेको छ ।
हिंजो देउखुरीमा देउखुरी दैनिक पत्रिका निकाल्दै गर्दा ‘ए कृष्ण, बिहान (कक्षा–१२) पढाई सकिन्छ, दिउसो पत्रिकाको कार्यालयमा आउनू, लेख्न पनि सिक्नु पर्छ भनेर भन्दा बचन हार्न नसकेर आएजस्तो लाग्थ्यो’ । लुरुङ्ङ आउँथे, भोलि केही लेखेर ल्याउनू भनेर पठाइन्थ्यो । सुस्त सुस्त राम्रै लेख्न थालेका थिए । त्यतिमात्रै होइन, पत्रिकाको सह–प्रकाशन “बाल दर्पण” बाल साहित्यिक पत्रिका सम्पादन गरेर पाठक समूह मार्फत् प्रकाशन पनि गरेका थिए । आज कृष्णको सिर्जना ‘अप्रिल फुल’ दोहोराएर पढिरहँदा, सोझो केटोलाई हप्कायजसरी अंकलले भनेपछि आउनु पर्छ, खुरुक्क आउनू भन्दै दपसेकोमा कत्ति पछुतो छैन । छोरो, तिम्रो आउँदै गरेको कृति “निलो डायरी” उपन्यास छिट्टै पढ्न पाइयोस् सफलताको शुभकामना ।
स्नातक पढ्न काठमाडौं छिरेको शिशिरलाई बुवा आमाले डाक्टर, ईञ्जीनियर, वकिल वा पाइलट बनाउन पठाएका थिए काठमाण्डौं । तर छोरोको त्यो भन्दा पहिला केटी पटाउने, ब्वाय फ्रैण्ड बन्ने, फिलिम हेर्ने, चुरोट र वियर तान्ने सपना बुन्न थालेको कथा अप्रिल फुल उपन्यासमा उल्लेख छ । शिशिरको पहिलो प्रेम साथीहरुसंग गोठाटार अवलोकनमा जाँदा शर्मिलासंग बसेको थियो । मायाँ प्रेम छिप्पिंदै गर्दा शर्मिलाले एकदिन साथीहरुलाई अनाम नगरको बाजेको सेकुवाघर बोलाएर ‘ब्रेकअप’ पार्टी दिएर अष्ट्रेलियातिर हानिइन् ।
त्यसपछि सुजाता बहिनीको सहानुभूति र समन्वयमा स्वस्तिकासंग गहिरिएको मायाँ प्रिम अप्रिल फुल सावित भयो । म तिमीलाई सागरजस्तो निर्मल, बादलजस्तो शीतल, बसन्त ऋतुजस्तो सुन्दर, गोधूली साँझजस्तो शान्त अनि भ्यालेन्टाइनजस्तो अमर प्रेम गर्छु भन्ने प्रेमिकासंग सिङ्गो घरको एउटै प्लङमा सुत्दा बीचमा ब्लाङ्केट राखेर सुत्ने शिशिरको प्रेम अप्रिल फुल नभएर अरु कसको होला, होइन र ? प्रेमिकाले त्यागेपछि उनलाई लाग्यो, ‘थुक्क जिन्दगी जाबो एउटा केटी पट्याउन पनि सकियन’ ।
लमहीको कृकेट रंगशालामा खेल हेर्दैगर्दा स्वस्तिकाले अपमान गरेपछि रन्थनिंदै नजिकैको भट्टीमा छिर्छन् र श्रीमान बिदेशमा रहेकी छिप्पिएकी दिदी (सम्बोधनमात्रै) ले स्याहारेर सुताउँछिन् । अब शिशिर घर नजिकै सानीको भट्टीमा झुम्न थाल्दा कलिलो उमेरकी अञ्जलीसंग रक्सीको नसा उतार्न थाल्छन् । विवाह गर्ने प्रतिवद्दता जनाएर पछि अप्रिल फुल बनाउँछन् र आफुलाई बिर्सनु भनेर ओछ्यानमा चिठी लेखेर छोडेर काठमाडौंतिर हिड्छन् । काठमाडौं फर्के पछि बिहान क्याम्पस जाने र साँझ डान्सबारमा जान थाल्छन् ।
बारबाट परीलाई ल्याउँछन् । परीले जीनासंग सम्पर्क गराई दिन्छिन् । जीनालाई अन्यत्रै जागिरको व्यवस्था गरी बारबाट मुक्त गराएर विवाह गर्ने वचनसहित अघोषित दाम्पत्य जीवन नै विताई दिन्छन् । एकदिन घरबेटीले तुरुन्त कोठा छोड्ने निर्देशन दिएपछि एकाएक जीना गाएब हुन्छिन् । उनले लेखेर छोडेको चिठीमा आपूm बारको नर्तकीलाई मुक्त गरी सहज जीवनमा ल्याए वापत तिमीले घरबेटीबाट अपमान भोग्नु पर्यो, अब मलाई कहिल्यै भेट्ने प्रयास नगर्नु भन्दै लेखिएको थियो ।
भौंतारिरहँदा पछि एकाएक प्रस्यूनाले मेसेन्जरमा हाय हेल्लो गर्न थालिन् । यस्तै यस्तै जीवन चलिरह्यो शिशिरको । यी त भए उपन्यासमा रहेको कथावस्तुको शब्ददृष्य । खासगरी यस कृतिमा दैनिकी, जनजीवन, रोजगारी, बाध्यताहरु, समाजले हेर्ने दृष्टिकोण, अभिभावकबाट टाढा रहँदाको अवस्था, बदलिदो पश्चिमा संस्कारको पछ्याई छ, त्याग र समर्पण होइन, बिकसित बदलाको भावना र अपरिपक्क उमेरसंग सम्बन्धित जीवन दर्शन झल्किन्छ । यस कृतिले
प्रेम गर्नु र दाम्पत्य जीवनसंग जोडिनु फरक फरक बिषय हो भन्ने स्पष्ट सन्देश किशोर अवस्थाका युवा युवतीहरुलाई दिन्छ । डान्स बारमा जान थालेपछि बल्ल काठमाडौंलाई चिन्न थालेको लेखकले सडकमा अशक्तले माग्दा पाँच रुपिया नदिने व्यक्तिले बारमा कति फुक्दा रहेछन् ? बारमा जानेले केटीहरुलाई लुटेर जान्छन् कि आफै लुटिएर ? कन्फुयुज भएको लेखेका छन् ।
जीनाको पाखुरामा बनाइएको कालो ट्याटु (रातको सूर्य)को अर्थ खोज्दा डान्स बारमा आउनु पर्नाको कारण र त्यस्तो वातावरण बारे भएको हृदयविदारक र मर्मस्पर्सी सम्वादले वास्तवमै जीवन दर्शन के हो खोतल्न मन लाग्छ । अष्ट्रेलियाबाट विदामा आएकी पहिलो प्रेमीका शर्मिलाले फेरि पनि बाजेको सेकुवा घरमा बोलाएर भोड्काको चुस्कीसंगै आइ लभ यु शिशिर, सि यु अगेन भन्दै मायाँ बिसाएको कथाले मायाँलेमात्रै हुदोरहेनछ, जीवन चलाउने आधारहरु पनि बलियो बनाउन आवश्यक हुन्छ भन्ने सन्देश शर्मिलाले नचाँहदा चाँहदै पनि शिशिरलाई छोडेर दोस्रो पटक अष्टिलिया जान्छिन् ।
शर्मिलाले “आइ लभ यु शिशिर, सि यु अगेन” भनेर शिशिरलाई छोडेको सन्दर्भ नसेलाउँदै जीनाले एकाबिहानै युएन पार्कमा बोलाएर चार घण्टा कुराएर अप्रिल फुल बनाइन् । प्रस्यूनासंगको प्रेमालाप साहित्यिक पारामा पनि मिठो गरी अगाडी बढेको छ ः शिशिरः– मलाई पनि धेरैले पढेर च्यातेका छन् तर म टालिन चाहन्छु, के तिमी पानाहरु टालेर मेरो अस्थित्व बचाउन सक्छ्यौ ? प्रस्यूनाः– सक्छु, तर कतिपय पानाहरु बैमान हुन्छन्, म टाल्न खोज्छु, उनीहरु फाइदा उठाएर मलाई स्पर्श गर्न खोज्दछन् ।
म उनीहरुको अस्थित्व बचाउन खोजिरहेकी हुन्छु तर उनीहरु भने मेरै अस्थित्व लुट्न खोज्छन् । मायाँमा भौतिक सुख होइन, मनको शान्ति खोजिन्छ । शारीरिक आनन्द होइन, आत्मीयता हुन्छ । शेक्सभन्दा चुम्बन प्यारो र मिठो हुन्छ । भूकम्प गएको दिन पेप्सीकोला मैदानमा संगै बसेको राती शौचालय गएकी प्रस्यूना एकाएक गायब भइन । पछि पत्ता लाग्यो उनी त आफुले फुपूको घरबाट युरोपमा बस्ने एनआरएनको लाहुरेसंग विवाह गरेर हिडिछन् ।
शिशिर रन्थनियर लमही घरमा आइपुग्छ र आफुले धोका दिएकोले दुई दुई पटक आत्महत्या गर्ने प्रयास गरेकी भट्टीवालकी छोरी अञ्जली (सानी)लाई विगतको प्रायश्चित गर्दै विवाह स्वीकारर्न याचना गर्दछन्, तर अञ्जलीले जवाफ दिइन्, ‘मैले दुई पटक आत्महत्या गर्ने प्रयास गर्दा पनि मेरा बा आमालाई तिम्रो नाम नभनेर धोका दिएं, किन कि मलाई विश्वास थियो तिमी अवश्य आउँछौं, धेरै ढिलो भयो शिशिर, अब म मेरो सोझा बा आमालाई धोका दिन चाहन्न, किन कि मेरो तुरुन्तै विवाह हुदैछ, सरी शिशिर मलाई माफ गरिदेऊ’ ।
अन्त्यमाः खासगरी यो उपन्यास अप्रिल फुल युवा समूहका पाठकहरु तान्ने कृति हो । गाउँका प्रकाश, आकाश लगायतका साथीहरुलाई आप्mनो कृतिमा समेटेका लेखक सुरुदेखि नै प्रेम प्रसंगबाट पाइला सार्छन् र अन्त्यसम्म प्रेम कै सन्दर्भमा समाप्त हुन्छ । यसमा जीना कसरी बारकी नर्तकी बन्न आइपुगिन्, उनको पारिवारिक बाध्यता कस्तो थियो भन्ने बारेमा थोरै खोतल्ने प्रयास भएको छ, अतः केही फरक फरक भूमिकामा रहेका पात्रहरुको पारिवारिक जीवन चर्या सन्दर्भ मिलाएर राखिदिएको भए कृतिको महत्व अझ बढ्ने थियो ।
भाषा र शब्दको हिसाबले आगन्तुक, अंग्रेजी र प्रेमी प्रेमिकाले स्वनिर्धारण गरेका अल्प शब्दहरु पनि प्रयोग भएका छन् । यो पहिलो कृतिमात्रै होइन, लेखक पनि छिप्पिसकेका छैनन्, आमाले थोरै पढ्दैमा डराउनु भएछ र भन्नु भएछ, ‘ए कुष्णे ! तँ साँच्चै यस्तै बिग्रेछस् क्यारे हँ’ । यो त किताबमामात्रै हो आमा, तपाईँले नपढे पनि हुन्छ । हो त, कलम र कलमवाजको स्वभाव फरक कुरा हुन् । प्रिय युवा उपन्यासकार कृष्ण आचार्यलाई अप्रिल फुल कृतिका लागि बधाई छ । सुनेको छु, निलो डायरी छिट्टै आउँदै छ, लेखकको कलम निरन्तर बढीरहोस् हार्दिक मंगलमय शुभकामना ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे