ख्रिष्टियन समाजको विज्ञप्तीबारे ध्यानाकर्षण



ख्रिष्टियन समाजको विज्ञप्तीबारे ध्यानाकर्षण

लमही ४ वैशाख । नेपाल सनातन धर्म संरक्षण समन्वय समिति दाङको आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम लमहीको सत्यसाई हलमा सम्पन्न भएको छ । अन्तरक्रियामा नेपाल ख्रिष्टियन समाजका महासचिव पा. डिल्लीराम खनाल र नेपाल मण्डली सङ्गतीका महासचिव पा.शेरबहादुर एसीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तीबारे अधिकांस वक्ताहरुले गम्भीर ध्यानाकर्षण भएको बताए ।

समितिका अध्यक्ष कोमानन्द पाण्डेयको अध्यक्षतामा सञ्चालित अन्तरक्रियामा जनगणना २०७८ को फारम भर्दा धर्म सम्बन्धी महलमा हिन्दु नलेखी मस्टो लेखाउन आफ्ना पाष्टरहरुलाई विज्ञप्ती मार्फत् निर्देशन गरेको उल्लेख छ । वि.सं २०७७ चैत्र २३ गते दाङ जिल्लामा क्रियाशील ओमकार परिवार भित्रका सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुको भेलाबाट सनातन धर्म संरक्षण समन्वय समिति दाङ गठन गरी तपसिलका चार निर्णय पारित गरिएको थियो ।

निर्णयहरुमा जनगणना फारम प्राप्त हुना साथ गलत देखिएमा स्थानीय सरकार, समुदाय र विद्यालय मार्फत् नागरिकलाई सचेत गराउने, धर्मनिरपेक्षता खारेज गर्न माग गर्ने, एमसीसी खारेज गर्न राजनीतिक दलहरुलाई सचेत गराउने र राजनीतिक अस्थिरताको अन्त्य गर्दै विभिन्न समुदाय, संघ संगठनहरुलाई राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन आग्रह गर्ने कार्यका लागि समन्वय समिति गठन गर्ने । चैत्र २८ गते बसेको समन्वय समितिको पहिलो बैठकले उपयुक्त निर्णय कार्यान्वयन गर्न पर्चा वितरण गर्ने, विद्यालय मार्फत् जन गणना सम्वन्धी घर घरमा सचेतना पुर्याउने एवं छलफल र अन्तरक्रियालाई फराकिलो बनाउने कार्यक्रम पारित गरेको थियो ।

शुक्रवार सम्पन्न कार्यक्रममा प्रचार प्रसार एवं सचेतना उपसमिति दामोदर पाण्डेयको संयोजकत्वमा तपसिल बमोजिम गठन गरेको छ । जसमा जागेश्वर घिमिरे, प्रेम नारायण पोख्रेल, दुर्गासुवेदी, शीला शर्मा र सूमन शर्मा रहेका छन् । कार्यक्रममा नागरिक समाज दाङका उप–संयोजक नीमबहादुर थापाले एमसीसीको बारेमा, वैदिक धर्म परिषदका केन्द्रीय महासचिव जागेश्वर घिमिरेले धर्म निरपेक्षताको बारेमा, प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष मुरारीकुमार शर्मा, वै.ध.प.का केन्द्रीय सल्लाहकार शालिकराम आचार्य र वै.ध.प.दाङका अध्यक्ष विनोद न्यौपाने त्रयले वैदिक सनातन धर्म र हिन्दुत्तोको बारेमा विचार राखेका थिए ।

यसैगरी हरिहर शर्मा, ईश्वरीलाल सुवेदी, दुर्गा सुवेदी, नेत्रराज सिंह ठकुरी, वविता केसी, गोरख बहादुर केसी लगायतले आ–आफ्नो विचार राखेका थिए । तीन दर्जन बढी सहभागी रहेको कार्यक्रमको सञ्चालन समन्वय समितिका सचिव दामोदर पाण्डेयले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे