LISTEN LIVE RADIO

त्रिदेशीय क्रिकेटको पहिलो खेलमा नेपालको शानदार जित, नेदरल्याण्ड्स ९ विकेटले पराजित



त्रिदेशीय क्रिकेटको पहिलो खेलमा नेपालको शानदार जित, नेदरल्याण्ड्स ९ विकेटले पराजित

काठमाण्डाै ४ बैशाख ।  त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालले शानदार जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हरायो । नेदल्याण्ड्सले दिएको एक सय ३७ रनको लक्ष्य नेपालले १५ ओभरमा एक विकेट  गुमाएर भेटायो ।

नेपालका लागि आजै अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखले अर्धशतकीय पारी खेले । कुशलले ३० बलमा ५० रन बनाए । पाँच छक्का र पाँच चौका हानेका उनी ६२ रनमा आउट भए । यस्तै आशिफ शेखले ३६ बलमा अर्धशतक पूरा गरे । चार चौका र चार छक्कासहित शेख ५४ रनमा नटआउट रहे ।

आजको खेलमा नेपालले सबैभन्दा धेरै रनको ओपनिङ साझेदारीको रेकर्ड पनि बनाएको छ । आज कुशल भुर्तेल र आशिफ शेखले एक सय १६ रनको ओपनिङ साझेदारी गरे ।  यसअघि सन् २०१९ मा पारस खड्का र ज्ञानेन्द्र मल्ले एक सय आठ रनको ओपनिङ साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे