LISTEN LIVE RADIO

राष्ट्रिय संगीतकर्मी संघ दाङको शान्तिनगरबाट पालिका स्तरिय समिती गठन अभियान शुरु



राष्ट्रिय संगीतकर्मी संघ दाङको शान्तिनगरबाट पालिका स्तरिय समिती गठन अभियान शुरु

दाङ २३ मंसिर । राष्ट्रिय संगीतकर्मी संघ दाङको पालिकास्तरिय संगठन बिस्तार अभियान शुरु भएको छ । अभियानको आज शनिबार दाङको शान्तिनगरबाट पालिकास्तरिय समिती गठन अभियान शुरु भएको हो ।

संगीतकर्मी संघ शान्तिनगर गाउँपालिका संयोजक बिरबहादुर विकको अध्यक्षता एवम् शान्तिनगर गाउँपालिका—२, नम्बर वडा अध्यक्ष सुनिल वलीको प्रमुख आतिथ्यतामा भएको प्रथम अधिवेशनले हरि केसीको अध्यक्षतामा एक उपाध्यक्ष र तीन सदस्यपछि मनोनित गर्ने गरी १५ सदस्यीय राष्ट्रिय संगीतकर्मी संघ शान्तिनगर गाउँपालिका समिती गठन गरिएको छ ।

गठित समितीको प्रथम उपाध्यक्षमा पबित्रा केसी, दोस्रो उपाध्यक्षमा विष्णु केसी, सचिवमा केशव सुनार, सह-सचिवमा सुष्मा बिक, कोषाध्यक्षमा प्रमिला कुमारी वली बस्नेत, सह-कोषाध्यक्षमा सन्तोषी चौधरी, प्रबक्तामा सरिता रावत, सदस्यहरूमा लक्ष्मी केसी, रेणुका घर्ती र उषा बिक सर्वसम्मत चयन भएका छन् ।

संघकी प्रथम उपाध्यक्ष उषा दसौदीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संघका दाङ जिल्ला अध्यक्ष दिपक वलीले कार्यक्रमको बिषय प्रवेश, संगीतकर्मी संघको परिचय, संघको उदेश्य, कार्ययोजना र पृष्ठभूमीका बिषयमा जानकारी गराएका थिए ।

सो अवसरमा प्रमुख अतिथीको आसनबाट बोल्दै वडा अध्यक्ष सुनिल वलीले कलाकार राष्ट्रका गहना मात्र नभई गौरब भएको बताए । उनले कला र संस्कृति नै देशको बास्तविक पहिचान भएकोले यसको संरक्षण, सम्बद्धन गर्ने काम राज्यको भएको बताए ।

वडा अध्यक्ष वलीले आफू सानै देखि गीतसंगीतलाई माया गर्ने मान्छे भएको बताउँदै उनले आफूमा कुनै कलागला नभएपनि कलाकारिता र गीतसंगीतको विकासका लागि वडा कार्यालय र व्यक्तिगत रुपमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा संघका बरिष्ठ सल्लाहकार तथा पत्रकार सन्तोषकुमार गुप्ता, संघका सल्यान जिल्ला अध्यक्ष चुडामणि पिएम, संघका बरिष्ठ उपाध्यक्ष एचआर मगर र संघका उपाध्यक्षहरु श्रीधर कडेल र कमल खड्का लगायतका वक्ताले कलाकारिता तथा गीतसंगीतको विकासका लागि राज्य गम्भीर बन्न आग्रह गरेका थिए । कार्यक्रमको सञ्चालन संघका सचिव भिमबहादुर वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे