LISTEN LIVE RADIO

देउखुरी साहित्य मञ्चकाे नवनिर्मित भवन उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा



देउखुरी साहित्य मञ्चकाे नवनिर्मित भवन उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी पूरा

देउखुरी १५ मंसिर । देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च दाङको भवन उद्घाटन कार्यक्रमको समपूर्ण तयारी पूरा भएको छ । भाेली हुने कार्यक्रमकाे सम्पूर्ण तयारी पुरा भएकाे आयाेजक देउखुरी साहित्य तथा साँस्कृतिक मञ्चले जनाएकाे छ ।

जस अन्तर्गत बिहानी सत्रमा भवन उद्घाटन र दिवा सत्रमा संस्थाको वार्षिक कार्यक्रम रहनेगरी छुट्टाछुट्टै तयारी गरिएको संस्थाकी उपाध्यक्ष राधा गौतमले जानकारी दिएकी छिन् । जस मध्ये बिहान ७:३० बजे शुरु हुने बिहानी सत्रमा लमही नगरपालिका प्रमुख जोगराज चौधरीबाट नवनिर्मित भवनकाे उद्घाटन, कदर-पत्र र सम्मान-पत्र प्रदान एवं शुभकामना मन्तब्यपछि समापन मञ्चले जनाएकाे छ ।

सो अवसरमा भवन निर्माणमा अनुदान सहयोग गर्ने लमही नगरपालिका, राजपुर गाउँपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकालाई कदर पत्र प्रदान गरिने छ । त्यसैगरी विशेष योगदान पुराउने लमही-४ अर्नहवा निवासी श्याम भण्डारी, लमही-५ रातोडाँडा निवासी धनश्याम सुवेदी, लमही-६ देउपुर निवासी मानबहादुर चौधरी र लमही-३ बनगाउँ निवासी नीमबहादुर थापालाई सम्मान गरिने मञ्चका अध्यक्ष हरि पोख्रेलले बताए ।

नवनिर्मित भवनको २०७५ माघ २७ गते श्रीपञ्चमीको दिन लमही नगरपालिकाका तत्कालीन नगर प्रमुख कुलबहादुर केसीले शीलान्यास गरेका थिए । लमही नगर बिकास समितिले लिजमा उपलब्ध गराएको १५ धुर जग्गामा कार्यालय कक्ष, पुस्तकालय कक्ष र सभाहल समेतको भवन तयार गरिएको हो । आर्थिक सहभागितामा लमही नगरपालिकाबाट १७ लाख, राजपुर गाउँपालिकाबाट २ लाख, राप्ती गाउँपालिकाबाट १ लाख ५० हजार र गढवा गाउँपालिकाबाट १ लाख २५ हजार अनुदान सहयोग प्राप्त भएको मञ्चले जनाएकाे छ ।

त्यसैगरी नवनिर्मित भवन निर्माणका लागि राप्ती फिड् इण्डष्ट्री लमहीबाट २५ हजार ५, लमही होटेल व्यवसायी समिति देउखुरीबाट १८ हजार ५, ठकुरी दर्शनकल्याण समिति लमहीबाट १६ हजार १ सय ३५, मिलिजुली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लमहीबाट १० हजार ५ सय, ब्रह्मकुमारी ईश्वरिय विश्व विद्यालय लमहीबाट १० हजार १ सय ५५, संस्थागत आर्थिक सहयोग प्राप्त भएको थियो । साथै विभिन्न दाताहरुबाट प्राप्त झण्डै १० लाख समेतबाट भवन निर्माण सम्पन्न गरिएको मञ्चले जनाएकाे छ ।

यस्तै भाेली दिवा अर्थात दाेस्राे चरणकाे कार्यक्रम अन्तर्गत नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेको प्रमुख आतिथ्यतामा बिहान ११ बजे शुरु हुने संस्थाको वार्षिक उत्सव कार्यक्रम अन्तरगत संस्थाको प्रतिवेदन र कार्यक्रम प्रस्तुत, स्रष्ठा सम्मान, पुरस्कार, दाताहरुलाई धन्यवाद एवं रचना वाचन कार्यक्रम रहेको प्रतिभा छनौट उप-समितिका संयोजक केशव शर्मा घिमिरेले जानकारी दिए । संस्थाका सल्लाहकार शेषमणि शर्मा घिमिरेद्वारा स्थापित बाल साहित्य प्रतिभा पुरस्कारबाट १६ वर्ष मुनिका समीर केसी(मावि फल्कापुर), शान्ति गुप्ता (आदर्श मावि लालमटिया) र अनिता सुनदास(शंकर मावि पिपरी) पुरस्कृत हुनेछन् ।

यस्तै जागेश्वर शर्मा घिमिरे, शेषमणि शर्मा घिमिरे र खुर्गादेवी अधिकारीद्वारा लिखित तीन वटा कृतिसमेत विमोचन हुने कार्यक्रममा अग्रज सम्मानबाट ‘आमाको बेदना’ गीति संग्रहकी लेखिका लमही नगरपालिका-३, फल्कापुर निवासी साहित्यकार ७५ वर्षिय दुर्गादेवी अधिकारी सम्मानित हुनेछिन् ।

त्यसैगरी श्रष्टा सम्मान अन्तरगत पाठक कला संगीत सम्मान सन्तोष श्रेष्ठलाई, खिमानन्द केशरा पाण्डेय स्मृति सम्मान शेरबहादुर चौधरीलाई, होत बिष्णु साहित्य सम्मान गङ्गा नाथ कोइरालालाई र ठागुरामपति प्रतिभा सम्मान केशवदिपक शर्मालाई प्रदान गरिने छ । संस्थामा १५ वटा पुरस्कार अक्षयकोष रहेका छन् भने अक्षयकोष निर्देशिका अनुसार राशीको आधारमा प्रत्येक वर्ष, दुई वर्ष र तीन बर्षमा बितरण गरिने मञ्चले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे