LISTEN LIVE RADIO

संगीतकर्मी संघ दाङले माघको दोस्रो साता देउखुरीमा सांङ्गगीतिक मिनी महोत्सव सञ्चालन गर्ने



संगीतकर्मी संघ दाङले माघको दोस्रो साता देउखुरीमा सांङ्गगीतिक मिनी महोत्सव सञ्चालन गर्ने

दाङ २३ मंसिर । राष्ट्रिय संगीतकर्मी संघ दाङले माघको दोस्रो साता दाङको देउखुरीमा एक हप्ते सांङ्गगीतिक मिनी महोत्सव लगाउने भएको छ । संघको आज शनिबार शान्तिनगर गाउँपालिका—३, पातेटाकुरामा भएको दोस्रो बैठकले माघको दोस्रो साता दाङको देउखुरीमा एक हप्ते सांङ्गगीतिक मिनी महोत्सव सञ्चालन गर्ने निणर्य गरेको हो ।

महोत्सव तयारी तथा व्यवस्थापनका लागि संघका उपाध्यक्ष श्रीधर कडेलको संयोजकत्वमा पाँच सदस्यीय महोत्सव तयारी तथा व्यवस्थापन समिती गठन गरेको छ । जसको सदस्यहरुमा संघका सल्लाहकार सन्तोषकुमार गुप्ता, उपाध्यक्षहरु उषा दसौदी, दिपक बर्मा र प्रेस संयोजक ओमप्रकाश गुप्ता रहेका छन् ।

संघका अध्यक्ष दिपक वलीको अध्यक्षतामा भएको बैठकले संघको भवन निर्माणका लागि जग्गा प्राप्तका लागि प्रकृया अगाडी बढाउने र भवन निर्माणका लागि डिपियार तयार गर्ने गरी संघका अध्यक्ष वलीलाई जिम्मेवारी प्रदान गर्ने निणर्य गरेको छ । साथै बैठकले संघको युनिफर्म र आइडी कार्ड बनाउनका लागि अध्यक्ष र सचिवलाई जिम्मेवारी प्रदान गर्ने निणर्य गरेको छ ।

बैठकमा संघका बरिष्ठ सल्लाहकार तथा पत्रकार सन्तोषकुमार गुप्ता, संघका सल्यान जिल्ला अध्यक्ष चुडामणि पिएम, संघका बरिष्ठ उपाध्यक्ष एचआर मगर र संघका उपाध्यक्षहरु एषा दसौदी, श्रीधर कडेल, कमल खड्का, कोषाध्यक्ष, प्रबक्ता रमेश वली, सदस्यहरु बेलमति बिक, ललिता बस्नेत लगायतले आ—आफ्नो भनाई राखेका थिए । बैठकको सहर्जीकरण संघका सचिव भिमबहादुर वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे