देउखुरी क्षेत्रको राप्ती नदी तथा खोलामा अवैध उत्खनन, आरके कन्ट्रक्सनलाई कारवाही गरिने



देउखुरी क्षेत्रको राप्ती नदी तथा खोलामा अवैध उत्खनन, आरके कन्ट्रक्सनलाई कारवाही गरिने

भालुवाङ २३ चैत्र । देउखुरी क्षेत्रका विभिन्न खोला तथा नदीमा मनपरी तरिकाले नदीजन्य पदार्थ उत्खनन गरेको पाईएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको नेतृत्वका गएको अनुगमन टोलीले खोला तथा नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा फेला पारेको हो ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेल सहित सुरक्षा निकायका प्रतिनिधि तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी र गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवको उपस्थिति रहेको थियो । राप्ती र गढवा गाउँपालिकाका विभिन्न खोला तथा नदीमा गरिएको अनुगमनका क्रममा निषेधित गरेको क्षेत्रमा जथाभावी उत्खनन गरेको र खोलाहरुमा ठुला ठुला खाडलहरु भएको अवस्थामा आफुहरुले फेला पारेको समन्वय समितिका प्रमुख नेपालीले जानकारी दिएका छन् ।

उनका राप्तीको एक खोलामा आरके कन्ट्रक्सन तुलसीपुर १२ लेखेको रसिद समेत फेला परेको छ । खोलामा उक्त रसिद फेला परेको उहाले जानकारी दिएका छन् । अनुगमन पश्चात उक्त कम्पनीलाई आबश्यक कारवाही गरिने उनले बताएका छन् । रोक लगाईएको क्षेत्रमा समेत मनपरी तरिकाले नदीजन्य पदार्थ उत्खनन भएको पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे