देउखुरीमा ८ बर्षिय बालककाे पोखरीमा डुबेर मृत्यु



देउखुरीमा ८ बर्षिय बालककाे पोखरीमा डुबेर मृत्यु

राजपुर १९ चैत्र । देउखुरीमा ८ बर्षिय बालककाे  पोखरीमा डुबेर मृत्यु भएको छ ।  राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहराका बिरबहादुर यादवको छोरा वर्ष ८ का पाटेश्वर यादवको बुधबार पोखरीमा डुबेर मृत्यु भएको हाे ।

हुलाकी सडक अन्तरगत कालाकाटे-सिक्टा जोड्ने महतेनीया खोलामा बन्दै गरेको पक्की पुलको लागि बनाइएको ड्राईभर्सनको खाडलमा बुधबार दिउँसो घरमा कोही नभएको समयमा पौडी खेल्न जाँदा बालककाे डुबेर ज्यान गएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे