लमहीमा निर्माण ब्यबसायी महासंघको प्रदेश कार्यालय स्थापना हुने



लमहीमा निर्माण ब्यबसायी महासंघको प्रदेश कार्यालय स्थापना हुने

लमही १४ चैत्र। नेपाल निर्माण ब्यबसायी महासंघ लुम्बिनी प्रदेशको कार्यालय स्थायी राजधानी देउखुरीमा स्थापना हुने भएको छ । महासंघको शुक्रबार लमहीमा बसेको प्रदेशस्तरीय बैठकले बुटवलमा रहेको अस्थायी कार्यालय स्थायी राजधानी लमहीमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । बैठकले लमहीमै आफ्नो स्थायी कार्यालय भबन बनाउन पहल गर्ने निर्णय पनि गरेको छ ।

त्यस्तै बैठकले आगामी जेठ २१ गते कोहलपुरमा महासंघको लुम्बिनी प्रदेशको साधारण सभा तथा अधिबेशन गर्ने निर्णय पनि गरेको प्रदेश सदस्य दिपककुमार श्रेष्ठले जानकारी दिए । स्थायी राजधानी दाङ तोकेपछि निर्माण ब्यबसायी महासंघको प्रदेशस्तरीय बैठक पहिलो पटक लमहीमा बसेको हो । बैठकमा महासंघका प्रदेश अध्यक्ष बलिभद्र रानाले प्रदेश सकारले सबै बिकास निर्माणका कार्यालयहरु एकपछि अर्कौ गर्दै स्थापना गरिसकेकाले प्रदेश कार्यालय देउखुरीमा स्थानान्तरण गरिएको बताए ।

उनले अब कार्यालयका लागि जग्गा खोजी गरि भबन बनाउने कार्य अगाडि बढाउने जानकारी दिए । यसअघि नै बिकास प्राधिकरणको कार्यालय देउखुरीमा आइसकेको छ । प्रदेश अध्यक्ष बलिभद्र रानाको अध्यक्षता र केन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा बैठक बसेको हो । बैठकमा प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गर्ने निर्माण ब्यबसायी, पदाधीकारी, सदस्यहरुको सहभागिता रहेको बैठकमा सहभागी महासंघका प्रदेस सदस्य बिमलमान श्रेष्ठले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे