राप्ती गाउँपालिकाको संस्थागत क्षमता अभिमुखीकरण तथा स्वमूल्याङ्कन कार्यशाला सुरु



राप्ती गाउँपालिकाको संस्थागत क्षमता अभिमुखीकरण तथा स्वमूल्याङ्कन कार्यशाला सुरु
मसुरीया १२ चैत्र । राप्ती गाउँपालिकाको संस्थागत स्वमूल्याङ्कन अभिमुखीकरण तथा स्वमूल्याङ्कन कार्यशाला सुरु भएको छ । वर्ष भरि गरिएका १० विषयमा स्वमूल्याङ्कनका लागि कार्यशाला सुरु भएको हो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा सुरु भएको कार्यशालाको जिल्ला समन्वय अधिकारी सावित्रा पुन मगरले सहजीकरण गरेकी छिन् ।
गाउँपालिकाको सेवा तथा कार्यप्रक्रियालाई सुधार गर्दै लैजाने योजना अनुसार शासकीय प्रबन्ध, सँगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तयीय एवं आर्थिक व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, न्यायीक कार्यसम्पादन, भौतिक पुर्वाधार, सामाजिक समाबेशिकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वयका विषयमा स्वमूल्याङ्कन गरिएको छ ।
समग्र स्थीति, प्रक्रियागत स्थिति, परिमाणत्मक स्थीतिका आधारमा सुचक तयारपारि विषयगत शाखाका प्रमुख तथा कार्यपालिका सदस्यहरुले पालिकाको स्वमूल्याङ्कन गर्ने काम सुरु गरिएको छ । आगामी १५ गते सम्म चल्ने अभिमुखीकरण तथा स्वमूल्याङ्कन कार्यशालामा १० बटा विषयक्षेत्रका १ सय सुचकमा रहेर अंक प्रदान गरिने छ ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे