सामाजिक दुरी कायम गरी होली पर्व मनाउन लमही नगरपालिकाको आग्रह



सामाजिक दुरी कायम गरी होली पर्व मनाउन लमही नगरपालिकाको आग्रह

लमही १२ चैत्र । लमही नगरपालिकाले यस वर्षको होली पर्व मनाउँदा सामाजिक दुरी कायम गरी मनाउन आग्रह गरेको छ । नगर प्रमुख कुलबहादुर केसीले एक सुचना जारी गरी यस्तो आग्रह गरेका हुन् । उनले जारी गरेको सुचनामा शान्त, सभ्य र मर्यादित भएर होली मनाउन र कसैको इच्छा विपरीतका क्रियाकलाप नगर्न, अपरिचित व्यक्ति सँग होली नखेल्न पनि आग्रह गरेका छन् । त्यसै गरी भिडभाड, हो हल्ला, सभा जुलुस पनि नगर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे