दाङमा अन्तर विद्यालय स्तरीय एथलेटिक्स प्रतियोगिता हुने



दाङमा अन्तर विद्यालय स्तरीय एथलेटिक्स प्रतियोगिता हुने

तुलसीपुर ८ चैत्र । दाङको तुलसीपुरमा दाङ जिल्ला अन्तर विद्यालय स्तरीय एथलेटिक्स  प्रतियोगिता २०७७ हुने भएको छ ।
दाङ जिल्ला एथलेटिक्स संघको आयोजनामा संचालन गरिन लागेको प्रतियोगिता चैत २८ गते बेल्झुण्डी रंगशालामा हुुनेछ ।

सबै खेलले मदर खेलको रुपमा लिने एथलेटिक्स खेलको बिकास र बिस्तार गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष गीता बस्नेत राईले जानकारी दिएकी छिन् ।

प्रतियोगिता जिल्लामा स्थापित निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत २० वर्ष मुनि उमेर समुहका छात्र/छात्राको सहभागिता रहनेछ ।
एक दिने प्रतियोगितामा ट्रयाक तर्फ १००, २००, ८०० मिटर दौड र फिल्ड तर्फ सटपट र लङजम्प गरि ५ वटा ईभेन्ट्समा कडा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा बिजेता, उपबिजेता र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी तथा खेलाडीलाई नगद पुरस्कार, मेडल, प्रमाणपत्र प्रदान गरिने संघका सचिव लक्ष्मण बस्नेतले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे