गोपीनाला हत्याकाण्डका तीन जना कारागार चलान, किशोरीलाई सुधार गृह पठाउन आदेश



गोपीनाला हत्याकाण्डका तीन जना कारागार चलान, किशोरीलाई सुधार गृह पठाउन आदेश

देउखुृरी १४ बैशाख । दाङको राप्ती गाउँपालिका—४, गोपीनाला नजिक भएको हत्याकाण्डका ३ जना अभियुक्तहरुलाई कारागार चलान गरिएको छ, भने किशाेरीलाई बाल सुधार गृह पठाउने आदेश भएको छ । दाङ—देउखुरी जिल्ला अदालतले आज सोमबार उक्त मुद्दामा सुनवाई गर्दै हत्याअभियोगका अभियुक्तहरु सन्दिप वली, निश्चल चौधरी र टोपबहादुर घर्तीमगरलाई पुर्पक्षका लागि कारागार चलान गरिएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

न्यायधिश प्रकाशप्रसाद पण्डितको एकल इजालासले अभियुक्तहरु सन्दिप वली, निश्चल चौधरी र टोपबहादुर घर्तीमगरलाई पूर्पक्षका लागि घोराही कारागार चलान गरेको छ । यस्तै हत्याको अभियुक्त किशोरीलाई भने नाबालिक रहेको भन्दै पूर्पक्षका लागि बाल सुधारगृह भक्तपुर पठाउन जादेश दिएको अदालतले जनाएको छ ।

यस्तै डाँकाचोरी मुद्दामा समेत न्यायधिश पण्डितको इजालासले सुनवाई गर्दै अभियुक्तहरु सन्दिप वली, निश्चल चौधरी र किशोरी संग ५०/५० हजार धरौती माग गरेको छ, भने मोबाइल बिक्री गर्न सहयोग गर्ने गौरब पोख्रेल र मोबाइल पसल सञ्चालक सन्चराम चौधरीलाई २५/२५ हजार धरौतीमा रिहा गरेको छ ।

गत चैत १९ गते राती राप्ती गाउँपालिका—४, गोपीनाला नजिक राप्ती गाउँपालिका—२, बराखुट्टीका १६ बर्षिय स्मित प्रधानलाई चुक्कु प्रहार गरी हत्या गरिएको थियो । हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय भालुवाङले चैत २० गते एक किशोरी सहित दुई युवकलाई प्रकाउ गरी अनुसन्धान अगाडी बढाएको थियो ।

याे पनि हेर्नुस् :

दाङको राप्तीमा एक किशोरको शव फेला, हत्या गरिएको आशंका

यस्तै याे पनि हेर्नुस् :

भालुवाङ प्रहरीकाे कडा एक्सन : २४ घण्टा नबित्दै हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे