लमही नगरपालिकाकाे ढिकपुरमा आगलागी हुँदा ६ घर जलेर नष्ट
लमही २ चैत्र । दाङ देउखुरीको लमहीमा आगलागी हुँदा ६ वटा खरका छाना भएको घर जलेर खरानी भएको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) मा सोमबार विहान १० बजे विद्युतकाे तार सट हुँदा ६ वटा खरका छाना भएको घरमा आगलागी भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढा मगरले जानकारी दिएका छन् ।
आगलागीबाट घरमा रहेको टिभी, दराज फर्निचरको सामाग्री, भकारीमा रहेको अन्नपात, लुगापत्ता सबै जलेर नष्ट भएको छ । लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल तथा वडा प्रहरी कार्यालय लमही, शसस्त्र प्रहरी, नेपाली सेना, स्थानीयको सहयोगमा आँगो नियन्त्रणमा ल्याइएको थियो ।
आगलागीबाट ढिकपुर निवासी बलिराम चौधरी, सर्जु चौधरी, बसन्त चौधरी, प्रेम चौधरी, कान्छू चौधरी, रेमशबहादुर बुढाको घर जलेर नष्ट भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढाले जानकारी दिएका छन् । आगलागीबाट के कती क्षती भएको भन्ने अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । गार्मीयाम सुरु भएसंगै देउखुरीका विभिन्न क्षेत्रमा आगलागीको घटना सुरु भएको छ । केही दिन अगाडी गढवा, कोइलाबास र सुकौलीनाकामा आँगलागीबाट घर जलेर नष्ट भएको थियो ।


