रनिङ शिल्डको उपाधी विरेन्द्र माबिलाई



रनिङ शिल्डको उपाधी विरेन्द्र माबिलाई

तुलसीपुर १ चैत । दंगीशरण गाउँपालिकामा तेस्रो दंगीशरण गाउँपालिका स्तरिय तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बिरेन्द्र माबी हेकुलीले हात पारेको छ। दंगीशरण गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगितामा बिरेन्द्र माबी हेकुलीले १२ स्वर्ण, ६ रजत, ५ कास्य पदक हात पार्दै रनिङ शिल्डको उपाधी जित्न सफल भएको हो ।

उसले उपाधी संगै शिल्ड र २० हजार पुस्कार हात पार्न सफल भयो । त्यस्तै माबी मधपुर ९ स्वर्ण,८ रजत, ३ कास्य पदकका साथ दोस्रो हुदा साविक बिजेता ज्ञानोदय ईंलीस बोर्डिंग स्कुल ४ स्वर्ण, ४ रजत, ४ कास्य पदक हात पार्दै तृतीय भयो । दोस्रो र तृतिय हुने बिद्यालयले क्रमशः १५ र १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

प्रतियोगिता समापन समारोह शिक्षा शाखा प्रमुख विनोद अधिकारीको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष पिमा कुमारी खड्काको विशीष्ट आतीथ्यमा भएको थियो।कार्यक्रमको सहजीकरण गाउँपालिका प्रेस संयोजक दिप्तीशिखा चौधरीले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे