मानपुरमा उद्यम बिकास तालिम सुरु



मानपुरमा उद्यम बिकास तालिम सुरु

गढवा २५ फागुन । नेपाल सरकारको गरिवी निवारणका लागि लघुउद्यम बिकास कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाको आयोजनामा गढवाको वडा नं. ७ मानपुरमा लघुउद्यम बिकास ब्यवसाय सचेतना तालिम मंगलबार देखि सुरु गरिएको छ ।

गढवा गाउँपालिका वडा नं. ७ का वडा सदस्य फागुराम चौधरीको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ती चौधरीले गरेकी थिइन् । कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले गरिबी कम गर्न ब्यवसायबाट रोजगार सृजना गर्न गाउँपालिकाले सरकारको निती अनुरुप उद्यम बिकास तालिमको आयोजना गरेको बताइन् ।

कार्यक्रममा गढवा गाउँपालिकाका सामान्य प्रशासन शाखाका प्रमुख पुनाराम शर्मा, वडा सदस्य जानकी चौधरी र अनिता चौधरी लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण उद्यम बिकास सहजकर्ता मिना चौधरीले गरेकी थिइन् । आठ दिन सम्म संचालन हुने तालिममा ३५ जना सहभागीहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे