अर्घाखाँची लाहापेकी बोन म्यारो पिडित रिताको जिवनरक्षाका लागि अपिल, सहयोग जुट्ने क्रम जारी



अर्घाखाँची लाहापेकी बोन म्यारो पिडित रिताको जिवनरक्षाका लागि अपिल, सहयोग जुट्ने क्रम जारी

भालुवाङ २५ फागुन । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ लाहापे निवासी डिलबहादुर सारुको कान्छी छोरी १४ वर्षीया खिमा सारु (रिता) भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ छिन् । बोन म्यारो रोगको कारण मृत्यु सँग लडिरहेकी खिमाको उपचार रकम अभाव हुन थालेपछि उनको परिवार अहिले चिन्तित बनेको छ ।

उपचार गराउन ठुलो रकमको आवश्यकता परेपछि पिडितको परिवारले सबैसँग सहयोगको अपिल गरेको छ । बोन म्यारो पिडित खिमाको थप उपचारका लागि आर्थिक समस्या भएपछि देश विदेशमा रहने नेपाली दाजु भाई दिदीबहिनीहरुबाट सक्दो सहयोगका लागि अपिल गरेको छ ।

पिडित खिमाको बुवा डिलबहादुर सारुले घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । हाल सम्म ५ लाख भन्दा बढी रकम खर्च भइसकेको र अझै १८ देखि २० लाख सम्म रुपैयाँ सम्म खर्च हुने उपचारमा संगलग्न चिकित्सकहरुको भनाई रहेको छ ।

उनको परिवार सामान्य खेतीपाती गर्दै आएका छन् । डिलबहादुर सारुका २ छोरा र ६ छोरी छन् । अहिले ऋणधन गरी पिडितको उपचार भईरहेको छ । थप उपचारका लागि रकम अभाव भएपछि परिवारमा चिन्ताले सताउन थालेको हो । उपचारमा आर्थिक सहयोग जुटाइदिन सबै समक्ष आग्रह गरिएको छ ।

सहयोग जुट्ने क्रम जारी

अर्घाखाँचीकी बोन म्यारो पिडित खिमा सारु ( रिता ) को उपचारको लागि हाल सम्म स्वदेश र विदेशबाट गरी कुल ७२ हजार ८ सय २० सहयोग संकलन भएको छ । जस अनुसार देउखुरीको राप्ती गाउँपालिका ८ सिसहनियाँ स्थित बिष्ट स्वास्थ्य पोलिक्लिनीक सिसहनियाँका सञ्चालक तथा स्वास्थ्यकर्मी प्रकाश बिष्ट, उनकी श्रीमती मन्जु बिष्ट र बुहारी कुन्ता पौडेल बिष्ट ३ हजार ३ सय रुपैयाँ,दिपक कडेल हाल कोरियाबाट ३ हजार, राप्ती गाउँपालिका ५ सिसहनियाँ निवासी लक्ष्मी मोबाइल सेन्टरका प्रोप्राइटर जितेन्द्र गुप्ताबाट १ हजार ५ रुपैयाँ सहयोग गरेका छन् ।

यसै गरी कपिलबस्तु जिल्ला बिजयनगर गाउँपालिका वडा नं. ४ भुपुसैनीक टोल निबासी समाजसेबी निर्माण ब्यबसायी केवी बुढा मगरबाट १ हजार ५ सय ५० रुपैयाँ, अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका वडा नं. ९ पाँकुरी निबासी हाल मलेसियामा कार्यरत समाजसेबी होमबहादुर सारुले रोजगारकै सिलसिलामा कार्यरत अन्य नेपाली दाजु भाईसंग रकम संकलन गरी पठाएको २३ हजार रुपैयाँ, राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीका विभिन्न समाजसेबी व्यक्तिहरुबाट ३ हजार ३ सय १५ रुपैयाँ सहयोग संकलन भएको बताइएको छ ।

यस्तै मलेसियाबाट होमबहादुर सारुको पहलमा २३ हजार, साउदीबाट बिष्णु पैडेलले ५ हजार ५ सय ५५, दुवईबाट खिमराज बेल्बासेले ५ हजार, कतारबाट गणेश आर्चयले ५ हजार लाहापे भालुबाङबाट छविलाल कडेल ( बाबु मास्टर ) ले १६ हजार २ सय २५, वडा अध्यक्ष भिमबहादुर केसीले ३ हजार, ईलोक्ट्रोनिक निर्माण ब्याबसामी बिजय घिमीरेले २ हजार, दक्षिण कोरीयाबाट बिनोद सारुले १० हजार, कपिलबस्तु चन्द्रौटाबाट दिपा रावतले १ हजार ५ सय ५० रुपैयाँ सहयोग गरेका छन् ।

सहयोग गर्न चाहनेले निम्न ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ ।
खातावालाको नाम : भिमाकला डिसुवा (बिरामीको दिदी)
बैंक : एभरेष्ट बैंक लिमीटेड
खाता : ०४०१०५०१२०६०२२
सम्पर्क :
१. भिमा कला डिसुवा (बिरामीको दिदी) : ९८५७०१४६४५
२. घनु गाहा : ९८४४७८७२६६

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे