प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलायो 



प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलायो 

काठमाडौं २३ फागुन। तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्च अदालतको फैसलाबारे छलफल गर्न प्रचण्ड–माधव समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

कानून व्यवसायीहरुसँग परामर्श गरेको प्रचण्ड–माधव समूहका नेताहरुले फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको जस्तो देखिएको बताएका छन् । तर यसबारे आधिकारिक धारणा तय गर्न भोलि स्थायी कमिटीको बैठक बस्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए ।सिंहदरबारमा भएको छलफलपछि उनले भने, ‘आजको फैसला अनपेक्षित राजनीतिक जस्तो छ, समग्र फैसलाको अध्ययन गरेर हामी आफ्नो धारणा भोलि सार्वजनिक गर्छौं ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे