बहिष्कार र नाराबाजी पछि संसद् बैठक २६ गते सम्मका लागि स्थगित



बहिष्कार र नाराबाजी पछि संसद् बैठक २६ गते सम्मका लागि स्थगित

काठमाण्डाै २३ फागुन । पुनर्स्थापनापछि बसेको प्रतिनिधि सभाको पहिलो बैठक नै तनावपूर्ण बनेको छ । केहीबेर बसेको बैठक फेरि बस्ने अवस्था नभएपछि २६ गते बुधबारसम्मका लागि स्थगित भएको छ ।

सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश संसदमा पेस गर्न नहुने भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले संसद्को बैठक नै बहिष्कार गरेको छ भने नेपाली कांग्रेसका सांसदले नाराबाजी गर्दै उठेर विरोध गरेका थिए । बहिष्कार र विरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले १० मिनेटका लागि स्थगित गरेको बैठक फेरि बस्न सकेन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे