एक मिनेटमा १२३ पटक हात खुट्टा संगै चलाउने अभ्यास गरेका ऋषि परियारले गिनिज बुकमा नाम लेखाए



एक मिनेटमा १२३ पटक हात खुट्टा संगै चलाउने अभ्यास गरेका ऋषि परियारले गिनिज बुकमा नाम लेखाए

दाङ १८ फागुन । दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राणागाउँ निवासी ऋषि परियारले विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । लामो प्रयास पछि परियारले ‘मस्ट जम्पिङ ज्याक्स् ईन वान मिनेट’ विधामा विश्व र्कीर्तिमान कायम गरेका हुन् ।

एक मिनेटमा १२३ पटक हात खुट्टा संगै चलाउने अभ्यास गरेको भिडियो ‘गिनिज बुक’को कार्यालयमा पठाएका थिए । त्यही भिडियोका आधारमा उनले रेकर्ड कायम गरिएको नतिजा प्रकाशन गरिएको थियो । परियारले त्यसका लागि सन २०२० को जनवरी ३१ तारिकमा आवेदन दिएका थिए । उनी हातले टेकेर एक किलोमिटर हिड्न पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे