डल्फिन फिड र रुकुम पश्चिम खुला भलिबलको फाईनलमा भिड्ने



डल्फिन फिड र रुकुम पश्चिम खुला भलिबलको फाईनलमा भिड्ने

तुलसीपुर १८ फागुन । डल्फिन फिड कैलाली र रुकुम पश्चिम जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता २०७७ को फाईनलमा भिड्ने भएका छन् ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा जारी प्रतियोगिताको मंगलबार सम्पन्न शानदार अनि रोमाञ्चक पहिलो सेमिफाइनल खेलमा पि.वाई.सि. रुकुमलाई २५-२०, २५-१६ र २५-१० अर्थात् ३-० को सोझो सेटमा पाखा लगाउदै डल्फिन फिड कैलालीले फाईनल यात्रा तय गरेको हो ।

त्यस्तै उल्लेख्य दर्शकले खचाखच भरिएको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा हिरा डाँगी फाउन्डेसन तुलसीपुरलाई २५-१७, २५- १९ र २५ -१८अर्थात ३-० को सोझो सेटमा पाखा लगाउदै पश्चिम रुकुमले फाईनलमा डल्फिन फिड कैलाली संग को उपाधी भिडन्त पक्का गरेको हो ।

उपाधी होडमा रहेका दुबै टिममा राष्ट्रिय खेलाडीको वर्चस्व रहेकाले फाईनल खेल कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ । खेल दिउँसो २ बजे हुने प्रतियोगिता मुल समितीका संयोजक एवं नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्रबहादुर चन्दले जानकारी दिए ।

त्यस्तै तृतीय स्थानका लागि बुधबार बिहान ८ बजे हिरा डागी फाउन्डेसन तुलसीपुर र पिवाईसी रुकुम भिड्नेछन् । यसै बीच आयोजक र प्रतियोगिता समापन समारोहका अतिथी बिच बिहान १० बजे खसी बाजी प्रतियोगिता हुने महासंघका महासचिव बिनोद चन्दले जानकारी दिए ।

प्रतियोगिता अबधिभर रेफ्रीको भुमिकामा राष्ट्रिय रेफ्री हरिश ओली, प्रदेश रेफ्री भरत कवर, लिला पुन, धनमाया बोहरा रहेका छन् । भने स्कोररम भलिबल सहायक प्रशिक्षक भिमबहादुर डाँगी र रितु चन्द, अर्जुन रोका रहेका छन् ।

सबैका लागि खेलकुद खेलकुदमा नयाँ संरचना र आमूल परिवर्तन भन्ने मुल नाराका साथ स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्‍याउने उदेश्य लिएर आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधीलाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालित प्रतियोगिताको बिजेता, उपबिजेता, तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद एक लाख, पचास, पच्चीस र १५ हजार कप, मेडल तथा प्रमाणपत्र हात पार्ने आयोजकले जानकारी दिएको छ ।

यसै विच आयोजकले बुधबार हुने फाईनल खेल र प्रतियोगिताको समापन समारोहमा उल्लेख्य उपस्थिका लागि खेल प्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजीवि, उधोगी, ब्यबसायी, पत्रकार लगायत सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे