दाङमा मोटरसाइकलको ठक्करबाट एक विद्यार्थीको मृत्यु



दाङमा मोटरसाइकलको ठक्करबाट एक विद्यार्थीको मृत्यु

तुलसीपुर १८ फागुन ।  दाङमा मोटरसाइकलको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार विद्यालयको पढाई सकेर घर फर्किने क्रममा रा ४ प ७७४ नम्बरको मोटराईकलले ठक्कर दिदा घोराही उपमहानगरपालिका वडा नम्बर १७ सिस्ने खोला निवासी १५ बर्षीया अमृता आचार्यको मृत्यु भएको हो ।

घोराहीको हिन्दू विद्यापीठ नेपालमा कक्षा ८ मा अध्ययन गरेर पैदल घर फर्किरहेकी ति छात्रालाई मोटरसाईकलले ठक्कर दिदा गम्भीर घाइते भएकी उनको उपचारकालािग अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । घोराही उपमहानगरपालिका २ कालिमाटी निबासी २२ बर्षिय खगराज गिरीले चलाएको मोटरसाईकलले नवलपुरमा ठक्कर दिएको हो ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे