नेकपा गढवाले शहिद, बेपक्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन ग¥यो



गढवा १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गढवा गाउँ कमिटिले शहिद, बेपक्ता परिवार तथा घाइते योद्धाहरुलाई शनिवार गढवामा अभिनन्दन गरेको छ ।

गढवा गाउँ कमिटिका सचिव सर्वजित घर्तीको अध्यक्षता एवम् पार्टीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्यतामा १६ जना शहिद, बेपक्ता परिवार तथा घाइते योद्धाहरुलाई अविर लगाई नगद सहित दोसल्ला ओढाई अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश कमिटि सचिवालय सदस्य तथा प्रतिनीधि सभा क्षेत्र नम्बर १ का क्षेत्रिय इन्चार्ज लुमाकान्त न्यौपाने, जिल्ला सचिवालय सदस्य यमनारायण पोख्रेल (विस्वास), जिल्ला सदस्य रामप्रसाद गैरे, सिता चौधरी, पवन रिजाल, सांसद मेटमणी चौधरीका स्वकीय सचिव गौरव महरा लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रमको सञ्चालन बीरबहादुर आलेले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे