नायक पल शाहले गल्ती स्वीकारे, धरानमा भएको झगडा सहमतिमा टुंगियो



नायक पल शाहले गल्ती स्वीकारे, धरानमा भएको झगडा सहमतिमा टुंगियो

मोरङ १५ फागुन । नेपाल चलचित्र महासंघ प्रदेश १ का अध्यक्ष अरुणकुमार प्रधान, नायक पूर्णविक्रम शाह पल शाह र उनका सहायक कृष्ण जोशीबीच सहमति भएको छ।

महासंघका अध्यक्ष प्रधानले ईलाका प्रहरी कार्यालय धरानमा शाह र उनका सहायक जोशीविरुद्ध उजुरी दिएका थिए। बुधबार राती खाना खाने क्रममा नायक शाहको निर्देशनमा सहायक जोशीले प्रधानउपर आक्रमण गरेको आरोप रहेको थियो।

सोही घटनालाई लिएर प्रहरीले आक्रमण गर्ने जोशी र नायक शाहलाई छलफलका लागि शुक्रबार प्रहरी कार्यालयमा बोलाएको थियो।

दिउँसो १ बजेका लागि छलफल तय गरिएको भएपनि नायक शाह बेलुका पौने ७ बजेमात्र प्रहरी कार्यालय पुगेका थिए। छलफलका लागि सुरुमा प्रहरी कार्यालय जान नमानेका शाहले सहायक जोशीलाई पठाएका थिए।

पीडित प्रधानले नायक शाह विना छलफल हुन नसक्ने जनाएपछि शाह राती कार्यालय पुगेका थिए। प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले बेलुका प्रधान, शाह र जोशी तीनै जनाबीच लिखित सहमति भएको जानकारी दिए। तिनै जना चलचित्र क्षेत्रबाट भएको जनाउँदै आआफ्नो कमजोरी स्वीकार्दै सहमति भएको ओलीको भनाई छ।

पीडित प्रधानका अनुसार नायक शाहले असमझदारीका कारण घटना भएको हुँदा मिलेर अघि बढौं भन्दै प्रस्ताव गरेका थिए।

उनले भने, ‘घटनाका क्रममा मैलेपनि केही कडा शब्द बोले होला। यतिसम्म कुरा राम्रै थियो। तर, अन्त्यमा सहायक जोशीले एक्कासी आक्रमण गरेपछि घटना प्रहरी कार्यालयसम्म पुगेको हो।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे