चितवनमा ट्रकको ठक्करबाट मृत्यु भएका पैदलयात्रीको तीन दिनसम्म परिचय खुल्न सकेन



चितवनमा ट्रकको ठक्करबाट मृत्यु भएका पैदलयात्रीको तीन दिनसम्म परिचय खुल्न सकेन

चितवन १४ फागुन । चितवनमा मिनिट्रकले ठक्करबाट पैदलयात्रीको मृत्यु भएको तीन दिनसम्म परिचय खुल्न सकेको छैन । फागुन ११ गते बुधबार राती पौने १० बजे ट्रकको ठक्करबाट मृत्यु भएका करिब ५० वर्षिय पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनको भरतपुर महानगरपालिका वडा नं- ९ टिकौली जंगल स्थित सडकमा पैदल हिडेका पुरुषलाई बा ५ ख ८९९९ नं- को मिनिट्रकले ठक्कर दिएर घाइते बनाएको थियो । घाइते पुरुषलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शवलाई अहिले भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । तीन दिनसम्म परिचय नखुलेपछि जिल्ला प्रहरी कार्यालय चितवनले आज मृतक पुरुषको फोटो सार्वजनिक गरेको छ। चिन्नेले ९८५५०९०१३३, ९८५५०१९१३३ र ०५६-५९४७५५ सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ।

मृतक पुरुषको फोटो

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे