तुलसीपुर खानेपानीलाई निर्वाचन सम्बन्धी कुनै गतिबिधी नगर्न उच्च अदालतकाे अन्तरिम आदेश



तुलसीपुर खानेपानीलाई निर्वाचन सम्बन्धी कुनै गतिबिधी नगर्न उच्च अदालतकाे अन्तरिम आदेश

तुलसीपुर १३ फागुन । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई उच्च अदालत तुलसीपुरले निर्वाचन सम्बन्धी कुनै गतिबिधी नगर्न अन्तरिम आदेश दिएको छ ।

तुलसीपुर निवासी यमुना कडेल शाहले अदालतमा रिट हालेपछि बिहीबार उच्च अदालत तुलसीपुरका न्यायाधीश रमेशराज पोखरेलको एकल ईजलासले अल्पकालिन आदेश दिएकाे अदालतका शाखा अधिकृत गाेकर्ण वलीले जानकारी दिए ।

शाहले  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई समेत विपक्षी बनाएर अदालतमा रिट हालेकी थिइन् । यदि आदेश जारी हुन नपर्ने कुनै आधार, कारण र प्रमाण भए म्याद तामेल भएको मितिले १५ दिनभित्र लिखित जवाफ सहित अदलातमा उपस्थित हुन अल्पकालिन आदेश दिएको छ  ।

अदालतले १६ गतेसम्म कुनै पनि निर्वाचन सम्बन्धी काम नगर्न नगराउनु भन्दै १६ गतेभित्र अदलातमा छलफलका लागि उपस्थित हुन भनेको छ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्व चयनका लागि निर्वाचन समितिले फागुन २२ गते निर्वाचन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे