दुर्गा भवानी विद्यालयकाे भवन शिलान्यास



दुर्गा भवानी विद्यालयकाे भवन शिलान्यास
भालुवाङ १२ फागुन । दुर्गा भवानी आधारभुत विद्यालय मसुरीयाको चार कोठे भवनको शिलान्यास गरिएको छ । राप्ती गाउँपालिकाको विद्यालय सुधार कार्यक्रम अन्तरगत भौतिक निर्माणका लागि विनियोजित ३६ लाख रुपैयाँको लागतमा निर्माण हुने भवनको शिलान्यास गरिएको हो ।
विद्यालय सुधारका लागि भौतिक निर्माण आवस्यक रहेका विद्यालयहरु मध्ये छनौटमा परेको मसुरीया स्थित दुर्गा भवानी आधारभुत विद्यालय भवन राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले शिलान्यास गरेका हुन् ।
राप्तीका विद्यालयहरुको शैक्षिक सुधार तथा भौतिक सुधार गर्ने उदेश्यका साथ ११ बढी विद्यालयलाई अनुदान सहयोग गरिए बमोजिम कार्य भैरहेको भवन शिलान्यास कार्यक्रममा शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले बताए ।
भवन शिलान्यास कार्यक्रममा अभिभावकको सहयोग तथा स्थानीय सरकारको सहयोगले विद्यालयको भौतिक सुधार गर्दै लगिएको साथै शिक्षकद्धारा शैक्षिक सुधारमा जोड दिदै अध्यापन गरिदै  राप्ती गाउँपालिकाको नमुना विद्यालयको रुपमा चिनाउन विद्यालय ब्यवस्थापन समितिले काम गर्दै आएको विद्यालयका अध्यक्ष सुरेन्द्र भुसालले बताए । भौतिक निर्माण आगामी जेष्ठ मसान्त सम्म सम्पन्न गर्ने योजना सहित काम सुरु गरिएको प्रधानाध्यापक सुर्यप्रकाश भण्डारीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे