राप्ती गाउँपालिका क्षेत्र भित्र नयाँ भवन तथा संरचना निर्माण कार्य रोकिएन, गाउँपालिकाद्धारा कडाइ



राप्ती गाउँपालिका क्षेत्र भित्र नयाँ भवन तथा संरचना निर्माण कार्य रोकिएन, गाउँपालिकाद्धारा कडाइ

भालुवाङ १२ फागुन । लुम्बिनी प्रदेशको स्थायी राजधानी स्थित दाङको राप्ती गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्रका ९ वटै वडाहरुमा नयाँ भवन तथा संरचनाहरु निमार्णमा रोक लगाएको छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका घोषणा भए पश्चात गाउँपालिका भित्र नयाँ भवन तथा संरचनाहरु निमार्ण कार्य नगर्नका लागि प्रदेश कार्यालयबाट परिपत्र भएपनि गाउँपालिका क्षेत्रमा नयाँ भवन तथा संरचनाहरु निर्माण भइरहेकाले उक्त कार्य नगर्न नगराउन हुन गाउँपालिकाले एक सुचना निकालेर आग्रह गरेको छ ।

राजधानी क्षेत्र भित्र पुर्वधार विकास प्राधिकरण तथा राजधानी व्यवस्थापन कार्यालय मार्फत हुने डिपिआर र डिजाइनको कार्यमा असर पर्ने भएकोले सो कार्य रोक लगाए पछिको निर्माण भएका संरचनाहरुको अभिलेख गाउँपालिकामा नराखिने भएकोले आर्को सुचना प्रकाशन नभए सम्मका लागि नयाँ पक्की भवन तथा संरचना निर्माण कार्य नगर्न नगराउन आग्रह गरेको हाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे