संसद पुनः स्थापना पछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा



संसद पुनः स्थापना पछि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा

काठमाण्डौं १२ फागुन । सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनाएसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
काठमाडौं उपत्यकालगायत देशैभरी नेपाल प्रहरी हाईअलर्टमा रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्तबहादुर कुँवरले बताए । यद्यपी अहिलेसम्म बल प्रयोग गर्नुपर्ने गतिविधि भइनसकेको उनले जानकारी दिए।
‘विशेषगरी काठमाडौं उपत्यकाका सर्वोच्च अदालत वरिपरी, माइतीघर मण्डला, न्यायाधीशका निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ’, उनले भने, ’अब समस्याहरू उत्पन्न हुन सक्ने भन्दै प्रहरी परिचालन भएको छ । अहिले सम्म त्यस्तो केहि भइसकेको छैन। माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।
सम्भावित क्षेत्रहरूमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । उनले सबै सम्भावित क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए । सर्वोच्च अदालत देखि न्यायाधीसहरूको निवास सम्म, भेला जम्मा हुने झडप हुन सक्ने ठाउँहरूलाई मध्यनजरमा राखेर परिचालन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे