बाराकाे एक तेल उद्योगमा लागेको आगो नियन्त्रणमा आएन



बाराकाे एक तेल उद्योगमा लागेको आगो नियन्त्रणमा आएन

बारा १० फागुन । बाराको जितपुरसिमरा उपमहानगरपालिका­­-९ मा रहेकाे आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझदेखि लागेको आगाे अझै नियन्त्रणमा आउन सकेकाे छैन् ।

विद्युत सर्ट भएर लागेकाे आगाे अहिलेसम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएकाे छ । अहिले चारवटा दमकलमार्फत आगाे नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी गराउनु भयो ।

कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर हिजो साँझ साढे सात बजेदेखि आगाे लाग्न सुरु भएको प्रहरीले जनाएको छ । आगो निभाउन गएराति बारा, पर्सा र मकवानपुरका गरी आठ वटा दमकलको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे