भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आज दिउँसाे आइपुग्ने, ज्येष्ठ नागरिकलाई वितरण गरिने



भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप आज दिउँसाे आइपुग्ने, ज्येष्ठ नागरिकलाई वितरण गरिने

काठमाण्डाै ९ फागुन । भारतबाट आज कोरोनाविरुद्धको १० लाख डोज खोप नेपाल आउँदै छ । कोरोनाविरुद्धको १० लाख डोज कोभिशिल्ड खोप दिउँसो साढे १ बजे एयर इन्डियाको विमानमार्फत काठमाण्डाै आइपुग्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप उत्पादन कम्पनी सिरम इन्स्टिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार १० लाख डोज खोप आउन लागेको मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । बाँकी खोप उत्पादक कम्पनीले स्वास्थ्य सेवा विभागले प्रस्ताव गर्ने आपूर्ति तालिकाअनुसार चाँडै नै प्राप्त गर्ने उनको भनाइ छ । आज काठमाण्डाै आइपुग्ने १० लाख डोज खोपलाई टेकुमा रहेको चिस्यान केन्द्रमा भण्डारण गरिनेछ ।

आउँदाे फागुन २३ गतेदेखि सञ्चालन हुने खोप अभियानका लागि आज आउने खोप प्रयोग गरिने र त्यसका लागि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत जिल्लामा रहेका स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण गरिने मन्त्रालयका सह-प्रवक्ता अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे