देउखुरीको गढवा गाउँपालिकामा भेटेनरी जेटिए तथा मन्दिरको उद्घाटन



देउखुरीको गढवा गाउँपालिकामा भेटेनरी जेटिए तथा मन्दिरको उद्घाटन

शिबराज पन्थी, गढवा ४ फागुन ।

देउखुरीको गढवा गाउँपालिका वडा नं. ५ स्थित माध्यमिक बिद्यालय चैनपुरमा प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् अन्तर्गत भेटेनरी जेटिए प्राबिधिक सहित सरस्वती मन्दिरको आइतवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हेमन्तकुमार चौधरीको अध्यक्षता र लुम्बिनी प्रदेशका सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्य र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी थारुले प्राबिधिक शिक्षा आजको आबश्यकता भएको भन्दै सरकारले स्थानीय स्तरका बिद्यालयहरुमा पनि प्राबिधिक शिक्षाको अबधारण संचालन गरिरहेको बताए । गढवा गाउँपालिकाका तीन वटा बिद्यालयहरु जनता माबि कालाकाटे, माबि चैनपुर र सरस्वती माध्यमिक बिद्यालयमा फरक–फरक प्राबिधिक धारका कक्षाहरु संचालन गर्नमा गाउँपालिकाको तर्फबाट आबश्यक पहल गरिएको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताए ।

कार्यक्रममा बोल्दै राप्ती प्राबिधिक शिक्षालयका प्रमुख मोतीप्रसाद चौधरीले प्राबिधिक शिक्षामा राज्यले ३ प्रतिशत मात्र बजेट लगानी गर्दै आएकोमा अबका दिनमा राज्यको लगानी बढाउन आबश्यक रहेको औल्याए ।

गत कार्तिक महिनाबाट पशुबिज्ञान अन्तर्गत सिटिइभिटी बाट सम्बन्धन प्राप्त गरि सो बिद्यालयले हाल ४० जना बिद्यार्थीहरुलाई १८ महिने भेटेनरी जेटिए बिषयको प्राबिधिक तथा सैद्धान्तिक सिप सिकाउदै आएको छ ।

कार्यक्रममा गढवा गाउँपालिकाका शिक्षा संयोजक श्याम बिक,चन्दादाता जुद्धबहादुर जिएम, लेखा परिक्षक अनुपकुमार थापा, गढवा बहुमुखी क्याम्पसका प्रमुख देवराज पाठक, गढवा खानेपानीका अध्यक्ष लेखबहादुर थापा, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, रेडक्रस इन्कोर परियोजनाका देवी प्याकुरेल र स्थानीय शिक्षाप्रेमी तुलाबहादुर सिंह ठकूरी लगायतले बोलेका थिए ।

सो अवसरमा माध्यमिक बिद्यालय चैनपुरको प्राबिधिक धार स्थापना गर्न र बिद्यालयको भौतिक, शैक्षिक सुधार तथा मन्दिर निर्माणमा सहयोग गरेको भन्दै गढवा गाउँपालकाको कार्यालय, वडा नं. ५ को कार्यालय, रेडक्रसको इन्कोर परियोजना र अधिकृत देवी प्याकुरेल, बयोबृद्ध शिक्षाप्रेमी लालमणि पौडेल, बिक्रान्त ज्ञवाली, चन्दादाता जुद्धबहादुर जिएम लगायतलाई सम्मान तथा कदर गरिएको थियो । बिद्यालयका प्रधानाध्यापक बिष्णुप्रसाद कुमाल चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन अध्यापक दामबहादुर बिसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे