दाङमा लागुऔषध अफिमसहित एक जना पक्राउ



दाङमा लागुऔषध अफिमसहित एक जना पक्राउ

दाङ ४ फागुन । दाङमा लागुऔषध अफिमसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कायालय दाङका अनुसार पक्राउ पर्नेमा रोल्पाको थवाङ गाउँपालिका वडा न ५ का ३८ वर्षिय प्रकाश घर्ती रहेका छन् ।

उनलाई सोमबार साँझ ८ बजे गोप्य सूचनाका आधारमा घोराही उपमहानगरपालिका वडा नम्बर १९ दुईखोलीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घर्तीको साथबाट ६ किलो १ सय ग्राम लागुऔषध अफिमसहित एक थान मोवाइल र दुईवटा परिचय पत्रसमेत प्रहरीले बरामद गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुअ गणेश चन्दले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे