दाङको तुलसीपुरमा एक जना वृद्धालाई रुखको हंगोले चोट लाग्दा गम्भिर घाइते



दाङको तुलसीपुरमा एक जना वृद्धालाई रुखको हंगोले चोट लाग्दा गम्भिर घाइते

तुलसीपुर २ फागुन । दाङको तुलसीपुरमा एक जना वृद्धालाई रुखको हंगोले चोट लाग्दा गम्भिर घाइते भएकी छिन् । आइतबार दिउँसो साढे एक बजेतिर रुख काटिरहेको अवस्थामा घर नजिकैको बाटोमा हिड्ने क्रममा उनलाई टाउँकोमा चोट लाग्दा गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ जितपुर निवासी ६० वर्षिय हरिकला रोका घाइते भएकी छिन् । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँके रेफर गरिएको अस्पतालले बताएको छ । उनको बाँया आँखामा गम्भिर चोट लागेको र बाँया खुट्टा भाचिएको अस्पतालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे