सरस्वती माध्यमिक विद्यालय भरतपुरलाई रोटरी क्वलको सहयोग



सरस्वती माध्यमिक विद्यालय भरतपुरलाई रोटरी क्वलको सहयोग

दाङ २६ माघ । रोटरी क्लव अफ दाङले घोराहीको भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । क्वलले विद्यालयमा कक्षा कोठाको झ्याल र ढोका निर्माण, खानेपानीको स्टिल टैकी र पाइप वायरिङको काम, शुद्ध पिउने पानीको फिल्टर सहित जडान र शौचालय मर्मत र ढोका निर्माणमा सहयोग गरेको सरस्वती माध्यमिक विद्यालय भरतपुरका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिए ।

रोटरी क्लव अफ दाङले आज सोमवार विद्यालयमा सहयोग हस्तान्तरण कार्यक्रम गरेको हो । क्लवका जिल्ला अध्यक्ष डा. चेतनारायण पाण्डेयको अध्यक्षता एंव विद्यालयका प्रधानाध्यापक बसन्ता पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्वलका अन्र्तराष्ट्रिय संघ संस्था समन्वय निर्देशक प्रदिप मज्गैयाले विद्यालयको आवश्यकतालाई ममन गरेर सहयोग गरिएको बताए ।

कार्यक्रममा क्लवका जिल्ला अध्यक्ष डा. पाण्डेयले सरस्वती माध्यमिक विद्यालयममा क्लवका तर्फबाट सहयोगको बिजारोपण भएको र आगामी दिनमा विद्यालयको माग अनुसार सहयोग गरिने प्रतिवद्धता ब्यक्त गरे । जिल्लाको केन्द्र विन्दुमा भएर पनि धेरै पूर्वाधारमा सहयोग हुनु जरुरी देखेर आफूहले सहयोग संकलन गरी विद्यालयलाई सहयोग गरिएको अध्यक्ष पाण्डेयले बताए । शिक्षा, स्वास्थ्य र सरसफाइका क्षेत्रमा रोटरी क्लवले सहयोग गर्ने उनको भनाई थियो ।

विद्यालयलाई सहयोग गरेकोमा विद्यालयका प्रधानाध्यापक पौडेलले रोटरी क्लवलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा क्लवका पूर्व जिल्ला अध्यक्षहरु प्रकाश श्रेष्ठ, तिर्थ सन्तोषी, मानसिंह घर्ति, सरस्वती माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समिति सदस्य कुलशेखर शर्मा लगाएकाले बोलेका थिए । कार्यक्रमको सहजीकरण क्लवका महासचिव गजेन्द्र बर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे