लमहीमा खुल्यो ग्लोवल आइएमई बैंकको शाखा
लमही २४ माघ । दाङ—लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी) को लमहीमा पहिलो पटक ग्लोवल आइएमई बैंकको शाखा स्थापना गरिएको छ । नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले बैंकको उद्घाटन गरे ।
सम्बोधनको क्रममा उनले उद्योगी, व्यवसायी एवम् आम सर्वसाधारण सबैको ग्लोबल आइएमई बैंक भएको बताए । उनले स्थानीय स्तरबाट संकलन हुने रकमनै स्थानीय स्तरको आर्थिक, भौतिक र सेवा क्षेत्रको विकासमा लगानी केन्द्रित गरिने प्रतिबद्धता व्यक्त गरे ।
यो क्षेत्रको आर्थिक विकास र सम्भावीत पूर्वाधार विकासमा सहयोग पु¥याउन बैंक स्थापना भएको हो उनले भने । स्वरोजगार व्यवसाय देखि कर्पोरेट विकासमा लगानी लगाएका छौं । बैंकका बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकको ७५ जिल्लामा सेवा पुगेको र २६५ बढी शाखा रहेको बताए ।
बैंकको चुक्ता पुजी २२ अर्व, निक्षेप २ खर्ब ५० अर्ब बढी रहेको छ । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग समितिका सभापति भरत आचार्य, देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष बिनोदकुमार पाण्डे लगायतले मन्तब्य व्यक्त गरेका थिए । शाखा प्रवन्धक प्रदिप गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन डिल्लीराज भुसालले गरेका थिए ।