तराईमा अबकाे दुई हप्तासम्म बाक्लो हुस्सु लाग्ने
काठमाण्डौ १७ माघ । तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ ।
आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँकाअनुसार अन्य क्षेत्रको मौसम आंशिक बद्ली हुने अनुमान छ ।
आज काठमाण्डौको न्यूनतम तापक्रम दुई दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्न सक्ने मौसमविद्को अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्