रोल्पामा ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु
रोल्पा १५ माघ । रोल्पामा तेल बोक्ने ट्याङ्कर दुर्घटना भएको छ । दुर्घटनामा परि ट्याङ्कर चालक नेपालगंज घर भएका ४५ बर्षीय हरबजन सिंहको मृत्यु भएको छ । मृतको शव अहिले रोल्पा अस्पतालमा राखिएको छ ।
दुर्घटनामा परि गम्भिर घाइते भएका चालकलाई उपचारका लागि रोल्पा अस्पताल लैजादै गर्दा बाटोमै मृत्यू भएको रोल्पा अस्पतालले जनाएको छ । रोल्पा नगरपालिका वडा नं। १ भदौरे मन्दिरको घुम्ति नजिकै ट्याङ्कर दुर्घटना भएको हो । रुपैडियाका सहचालक १९ बर्षीय सुनिलशंकर सामान्य घाइते भएका छन् । उनको निधारमा चोट लागेको रोल्पा प्रहरी प्रवक्ता सन्तोष केसीले जनाकारी दिए ।
दुर्घटना के कारणले भएको हो भन्ने बारेमा अहिले सम्म केही खुलेको छैन । ना ४ ख २२५७ नम्बरको ट्याङ्कर सडक देखि करिव ५० मिटर तल खसेको प्रहरीले बताएको छ । ट्याङ्कर दुर्घटना हुँदा ट्याङ्रमा रहेको २ हजार लिटर डिजेल र ९ हजार लिटर पेट्रोल नष्ट भएको छ ।