लमही-१ नम्बर वडा कार्यालयको नक्कली सिफारिस बनाएर रकम अशुली धन्दा
भालुवाङ २० साउन । दाङको देउखुरीमा एक व्यक्तिले नक्कली बिरामी खडा गरि नक्कली सिफारिस बनाएर रकम अशुली धन्दा चलाएको खुल्न आएको छ ।
दाङको लमही नगरपालिका-१ निवासी ज्ञानु नेपाली नाम गरेको व्यक्तिले आफ्नी आमा फुर्सी नेपालीलाई नक्कली बिरामी खडा गरेर लमही नगरपालिका १ नम्बर वडा कार्यालयको नक्कली सिफारिस पत्र बनाएर रकम असुल गरेको खुल्न आएको छ । प्यारालाइसिसको बिरामी भई लुम्बिनी हस्पिटलमा भर्ना भएको भनिएकी फुर्सी नेपाली बिरामी नरहेको र सो पत्र समेत नक्कली रहेको वडा अध्यक्ष दामोदर पाैडेलले देउखुरी टुडे सँगको संवादमा बताएका छन् ।
निज ज्ञानु नेपालीले जारी मिति २०८३/०३/२३, पत्र संख्या २०८३/०८४ र चलानी नम्बर ९७२ राखि कार्यवाहक वडा अध्यक्ष शोभाराम चाैधरीको नाम राखि आफैले हस्तान्तरण गरेको नक्कली सिफारिस बनाएर दाङको तुलसीपुर क्षेत्रमा चन्दा अशुल्दै हिडेको खवर र नक्कली सिफारिस पत्र सामाजिक सञ्जालमा भाइरल भएको छ । सो पत्र बाहिरिए पछि वडा अध्यक्ष दामोदर पाैडेलले अस्थायी प्रहरी पोष्ट नर्तीमा जानकारी गराउनु भएको छ । यद्यपि यस विषयमा प्रहरीले अनुसन्धान गर्ने नै छ ।

