रात्री आधारभूत विद्यालयमा सुपानेट र समर ब्ल्याङ्केट वितरण



रात्री आधारभूत विद्यालयमा सुपानेट र समर ब्ल्याङ्केट वितरण

देउखुरी २१ साउन । दाङको राजपुर गाउँपालिका–६, गंगदी स्थित रात्री आधारभूत विद्यालयमा अनाथ तथा जोखिममा रहेका बालबालिकालाई लक्षित गरी सुपानेट (झुल) र समर ब्ल्याङ्केट वितरण गरिएको छ।

सिपी नेपालको आर्थिक सहयोग तथा राजपुर गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा लक्षित बालबालिकालाई आवश्यक सामग्री वितरण गरिएको हो। कार्यक्रममा राजपुर गाउँपालिकाकी उपाध्यक्ष धनपति देवी यादव, शिक्षा, युवा तथा खेलकुद शाखाकी सहायक शिक्षा अधिकृत कामना चौधरी तथा महिला तथा बालबालिका शाखा प्रमुख सुनिता चौधरीको विशेष उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय सरोकारवालाको उल्लेखनीय सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो।

विद्यालयले यस्ता कार्यक्रमले विद्यालयमा रहेका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन, नियमित पठनपाठनमा सहभागी गराउन तथा समावेशी शिक्षाको अभियानलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे