देउखुरीमा बाघले आक्रमण गर्दा एक महिला गम्भीर घाइते



देउखुरीमा बाघले आक्रमण गर्दा एक महिला गम्भीर घाइते

ओमप्रकाश गुप्ता, देउखुरी १० माघ ।

देउखुरीमा बाघले आक्रमण गर्दा एक जना महिला गम्भीर घाइते भएकी छिन् । लमही नगरपालिका वडा नम्बर ८ खोलीगाउँ निवासी ५० वर्षिया बेलमती चौधरी बाघको आक्रमणबाट गम्भीर घाइते भएकी हुन् । उनलाई मुख, आँखा र टाउकोमा बाघले आक्रमण गरेको छ । शनिबार दिउँसो तीन बजे तिर बाख्रा चढाउन नजिकैको जङ्गलमा गएको समयमा बाघले एक्कासी आक्रमण गरेको हो । बाख्रा लगेर श्रीमान श्रीमती सङ्गै गएका थिए । ‘श्रीमानले रुखमा चढेर घाँस झार्दै थिए । श्रीमतीले बाख्रालाई बोलाई रहेकी थिन सोही समयमा नजिकै लुकेर बसेको बाघले आक्रमण गरेकाे थियाे बाघको आक्रमणबाट गम्भीर घाइते बेलमतीको लमही अस्पतालमा उपचार भैरहेको छ । लमही अस्पतालका डाक्टरका अनुसार आँखामा गहिरो चोट भएकोले आँखा सम्बन्धी अस्पतालमा जानु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे