नेपालमै रासायनिक मल कारखाना स्थापनाको विषयमा छलफल



नेपालमै रासायनिक मल कारखाना स्थापनाको विषयमा छलफल

काठमाण्डाै  ७ माघ । नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि गृहकार्य सुरु भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र सचिवहरूसहित अर्थ मन्त्रालयमा बसेको बैठकमा नेपालमा रासायनिक मल कारखाना स्थापनाको तयारीसम्बन्धी छलफल भएको हाे ।

बैठकमा विश्वमा प्रचलनमा रहेका प्रविधि तथा तरिका प्राकृतिक ग्यास, वाटर इलेक्ट्रोलिसिस र हाइब्रिड मध्येबाट नेपालका लागि उपयुक्त हुने प्रविधि तय गर्नेबारे छलफल भएको छ ।अर्थमन्त्री पौडेलले थप छलफल गरी नेपालमा रासायनिक मल कारखाना स्थापनासम्बन्धी प्रविधि, लगानीको विधि र लागतसमेतको प्रस्ताव तयार गर्ने बताए ।   गएको पुस २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे