नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए शपथ



नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले लिए शपथ

काठमाण्डौ ५ जेठ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई पद तथा गोपनीयताको शपथ गराए ।

संवैधानिक परिषद्को गएको वैशाख २४ गतेको निर्णयअनुसार प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सिफारिश हुनुभएका न्यायाधीश डा. शर्मालाई संसदीय समितिले आजै सर्वसम्मत अनुमोदन गरेको थियो । आजै संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश शर्माको सुनुवाइ भएको थियो । उनले त्यहाँ आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए । समितिले उजुरीकर्ताहरूसँग पनि आजै छलफल गरेको थियो । शपथ ग्रहणलगत्तै प्रधानन्यायाधीश शर्माले सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे