श्री मावि मौरीघाटबाट एसर्ईईमा ३९ जना विद्यार्थी उत्तीर्ण, २ जनाले ल्याए ए प्लस



श्री मावि मौरीघाटबाट एसर्ईईमा ३९ जना विद्यार्थी उत्तीर्ण, २ जनाले ल्याए ए प्लस

भालुवाङ २९ वैशाख । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा रहेको श्री माध्यमिक विद्यालय मौरीघाटबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४१.४८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार विद्यालयबाट परीक्षामा सहभागी ९४ जना विद्यार्थीमध्ये ३९ जना विद्यार्थी ग्रेडेट हुन सफल भएको विद्यालयका प्रधानाध्यापक पूर्ण बहादुर क्षेत्रीले जानकारी दिएका छन् । प्रधानाध्यापक क्षेत्रीका अनुसार उत्तीर्ण विद्यार्थीमध्ये २ जनाले ए प्लस, १ जनाले ए, १३ जनाले बि प्लस र २२ जनाले बी र १ जनाले सि प्लस ल्याएका छन् । विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा विद्यालयको शैक्षिक, भौतिक, प्राविधिक पक्षमा सुधार गर्दै शैक्षिक रणनिती तयार पारेर अझ उत्कृष्ट नतिजा ल्याउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे