विद्यार्थीहरुलाई प्राविधिक तहमा उर्जावान र सक्षम बनाउन ३ महिने सिपमूलक तालिमको उद्घाटन



विद्यार्थीहरुलाई प्राविधिक तहमा उर्जावान र सक्षम बनाउन ३ महिने सिपमूलक तालिमको उद्घाटन

तुलसीपुर ५ माघ । विद्यार्थीहरुलाई प्राविधिक तहमा उर्जावान र सक्षम बनाउनका लागि ३ महिने सिपमूलक तालिमको उद्घाटन गरिएको छ । जनकल्याण मावि दुधरासमा छोटो अवधिको ३ महिने सिपमूलक तालिमको उद्घाटन गरिएको हो । विद्यार्थीहरुको सर्वाङ्गीण विकास र प्राबिधिक ज्ञान मार्फत देशलाई बलियो बनाउन सजिलो होस् भन्ने उदेश्यले उक्त तालिमको आयोजना गरिएको र उक्त कार्यक्रमले सफलता प्राप्त गर्ने वक्ताहरुको भनाई थियो ।

कार्यक्रममा प्रमुख अतिथि माधव वलीले छोटो अवधिको तालिमले सम्पुर्ण प्रशिक्षार्थीहरु मनोवल उच्च पार्नुका साथै उनिहरुको प्राबिधिक ज्ञान बृद्धि हुने बताउदै तुलसीपुर उपमहानगरपालिका वडा १८ ले यस्ता किसिमका तालिमहरुलाई बिशेष प्राथमिकता दिदैँ अघि बढिरहेको बताए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का वडा सदस्य लब्रु चौधरीले यस्ता किसिमका तालिमहरुले युवा बर्गलाई थप जोस् र हौसला प्रदान गर्ने भन्दै यस्ता किसिमका तालिमका लागी जनप्रतिनिधि र सिङ्गो तुलसीपुर १७ लागी परेको बताए ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक हिम बहादुर भण्डारीले प्रत्येक बर्ष सञ्चालन भईरहेको तालिमहरु मध्ये यो बर्ष कम्प्युटर हार्डवयर र बिल्डिङ ईलेक्ट्रिसियन तालिम सञ्चालन भएको र आगामी बर्षहरुमा यस्ता किसिमका अन्य तालिमहरु सञ्चालन गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा प्रशिक्षक मनिष पौडेल, कम्प्युटर ईन्जिनियर कृष्ण प्रसाद सापकोटा लगायतले मन्तब्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक हिम बहादुर भण्डारीको अध्यक्षता तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीको प्रमुख आथित्यता एवम् तुलसीपुर १७ का वडा सदस्य लब्रु चौधरीको विशिष्ट आतिथ्तामा भएको कार्यक्रम बिद्यालयका लेखापाल डम्बर वलीको स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रको सहजिकरण विद्यालयका शिक्षक गिरीराज पाण्डेले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे