दाङमा श्रीमानले गरे श्रीमतीको हत्या
दाङ १३ चैत । दाङमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्।
तुलसीपुर उपमहानगरपालिका–१९ दोघर्रेमा बस्दै आएका रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–१० का ३४ वर्षीय गोपाल ओलीले २७ वर्षीया श्रीमती कमला ओलीमाथि बिहीबार साँझ करिब साढे ७ बजे धारिलो हतियार प्रहार गरेका थिए। टाउको र अनुहारमा गम्भीर चोट लागेकी कमलालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आरोपी गोपाल ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ। ओली सरकारी कर्मचारी (वन अधिकृत) रहेको खुलेको छ। प्रहरीका अनुसार, उनले हालै आफ्ना भाइको काजकिरिया सकेर दाङ फर्किएका थिए। उनका भाइ महेन्द्र ओलीले केही दिनअघि रुकुम पश्चिममा आत्महत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्

